२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसलाई गरिबीले पलपल मारिरहेको छ

अ+ अ-

 सिरहा । लहान नगरपालिका-१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ । झुप्रोको कुना-कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन । असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधीहुरी चलेको छ ।

श्रीमान् गुमाइसकेपछि तीन नाबालक छोराको जिम्मेवारी सीताको काँधमा आइपुगेको छ । भोकसँगको सङ्घर्ष र भविष्यप्रतिको अनिश्चितता एकैपटक आइपरेको छ । ‘तेह्र दिनको किरिया कर्म गर्नुपर्छ, अझै केही दिन बाँकी छ । भरदिन मजदुरी नगरे बेलुका मुखमा माड लाग्दैन । कसरी बालबच्चालाई खुवाउने भन्ने चिन्ता छ’,  उनले भनिन् । तीन नाबालक छोराहरू, जो क्रमशः कक्षा ९, ८ र ५ मा अध्ययनरत छन् । आमासँग कुरा गरिरहँदा बुबाको मृत्युबारे बुझेरनबुझे झैँ अनुहार लुकाउँदै तीनै भाइ भित्तातिर हेरेर टोलाइरहेका थिए ।

बद्री पासवान चार वर्षदेखि गम्भीर रोगसँग लडिरहेका थिए । सुरुमा उहाँलाई ‘डाइबेटिज’ भयो, पछि दुवै मिर्गौलाले काम नगरेर प्राण त्याग गर्नुपर्‍यो । सीता र छोराहरूको सङ्घर्ष त उनी बिरामी भएसँगै सुरु भइसकेको थियो । मृत्युले त त्यो पीडालाई नयाँ रूप मात्रै दिएको हो । अब त त्यो पीडालाई एकल जीवनको जिम्मेवारीले थिचेको छ ।

पाँच धुर गाउँ ब्लकको जमिनमाथि बनेको माटोको झुप्रोमा पासवान परिवारले टाउको लुकाइरहेको छ । नगरपालिकाले जस्ता दिने भनेको छ, तर त्यो छानो हाल्न सक्ने आर्थिक स्थिति छैन । ‘दैनिक ज्यालामा गुजारा चलाउँदा छाना बनाउने खर्च कहाँबाट ल्याउनु !’ सीता भन्छिन् ।

विगतमा उनले श्रीमानको पीडासँग सङ्घर्ष गरिन् । अहिले श्रीमानको अनुपस्थितिमा संघर्षको दायरा थप फराकिलो भएको छ । यो सम्झँदा सीताका आँखामा आँसु रोकिँदैनन् । ‘जब छोराहरूलाई भोकै सुत्न बाध्य हुन्छन्, तब भोकभन्दा ठूलो पीडा हुन्छ । स्कुल शुल्क तिर्न नसक्दा, किताब किन्न नसक्दा भविष्यको बाटो छेकिएको महसुस हुन्छ’, उनी भन्छिन् ।

छिमेकी राजकुमार सदा पासवान परिवारको पीडाले भावुक हुन्छन् । उनी भन्छन्, ‘बद्री त गइहाले, तर त्योभन्दा ठूलो पीडा यो परिवारको हालत देख्दा हुन्छ, मन भक्कानिन्छ । खाने अन्न छैन, बस्ने घर छैन । गरिबीले पलपलमा दुःख दिइरहेको छ ।’

सँगै मर्ने बाँच्ने कसम खाएका जीवन साथी गए । बाँचेकाहरू पनि अभावसँग लड्दै छन् । त्यसैमा चार वर्षदेखि बेपत्ता एउटी छोरी सम्झँदा झन् पीडा हुन्छ सीतालाई । ‘मानसिक अवस्था ठीक थिएन, केही वर्षअगाडि सडकमा देखेको भनेर कसैले भनेका थिए, तर खोज्न सकिनँ, अब पश्चातापबाहेक केही छैन’, सीताले भनिन् ।

बद्रीको मृत्युपछि लहान नगरपालिकाले राहतस्वरूप केही खाद्य सामग्री दिएको थियो । यसले केही दिन चुल्हो बले पनि अभाव हट्ने कुरो भएन । नगरप्रमुख महेशप्रसाद चौधरी भन्छन्, ‘यो राहत तत्कालका लागि हो, तर दीर्घकालीन समाधानका लागि पनि पहल गर्नेछौं ।’

नगर क्षेत्रभित्रका विपन्न परिवारमा कसैको मृत्यु भएमा नगरपालिका राहत लिएर पुग्ने गरेको उनको भनाइ छ । ‘मेरो कार्यकालमा दुई सयभन्दा बढी मुसहर समुदाय र सयौँ दलित, गरिब परिवारलाई राहत वितरण भइसकेको छ । यो पासवान परिवारलाई पनि थप सहयोग गर्छौं’, नगरप्रमुख चौधरीको भनाइ छ ।

वडा नं १४ का अध्यक्ष धानिकलाल यादवले नगरपालिकासँग समन्वय गरेर पासवान परिवारका लागि घर बनाउन पहल गर्ने बताउँछन् । उनले भने, ‘एक त गरिबी, त्यसैमा श्रीमान्को मृत्यु, अनि छोरी हराएको पीडा । यी सबै सीता दिदीका लागि असह्य बनेका छन् । यस्ता समस्यामा परेकालाई तत्काल राहत दिनु र दीर्घकालीन उपायको खोजी गर्नु हाम्रो कर्तव्य हो ।’ वडाध्यक्ष यादवका अनुसार घर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषयमा पालिकास्तरमा छलफल चलिरहेको छ ।

सीता भने ‘घर’ मात्रै नभई त्यसभित्रको भविष्य झन् महत्त्वपूर्ण रहेको बताउँछिन् । ‘त्यो भविष्य भनेको छोराहरूको शिक्षा हो । यदि समयमै साथ, सहारा र सहयोग पाइयो भने मेरा सन्तानले बुबाको सपना पूरा गर्न सक्छन्’, उनी भन्छिन् ।

सीता पासवानको आँखामा आँसु मात्रै होइन, आशा पनि देखिन्छ । एक दिन त केही राम्रो हुनेछ, केही उज्यालो हुनेछ भनेर । सबैबाट सहयोग भए मात्रै यो आशा पूरा हुन सम्भव रहेको उनको बुझाइ छ ।