२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज नाकाबाट दुई महिनामा १७ अर्बको सामान निर्यात

अ+ अ-

वीरगञ्ज(पर्सा) । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । 

गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा रु १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो दुई महिनामा यस नाकाबाट रु छ अर्ब पाँच करोड मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

 वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा निर्यात उत्साहजनक भएको बताए। “गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा यहाँबाट हुने निर्यात १८१ प्रतिशतले वृद्धि भएको छ”, उनले भने, “गत आवको दुई महिनामा यहाँबाट हुने वैदेशिक व्यापारको अनुपात १:२० रहेको अहिले सो अनुपातमा सुधार भएर १:६० मा पुगेको छ ।”

वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा रु आठ अर्ब ८४ करोड मूल्य पर्ने रु चार करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने तीन लाख मूल्य पर्ने ४८० लिटर भटमासको तेल प्रशोधित निर्यात भएको थियो । 

त्यस्तै चालु आवको दुई महिनामा रु एक अर्ब २४ करोड मूल्य पर्ने रु एक करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रु एक अर्ब २९ करोड मूल्य पर्ने रु एक करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो । 

चालु आवको दुई महिनामा एक अर्ब १७ करोड मूल्य बराबरको तीन करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने नगन्य मात्रामा मात्रै निर्यात भएको थियो ।