काठमाडौँ । सिन्धु युएसए वेलफेयर्स सोसाइटीले सिन्धुपाल्चोकबाट एसइई २०८१ मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । विगतमा उत्कृष्ट एक छात्र र छात्रालाई जनही ५१ हजारसहित सम्मान गरिएको थियो । तर, यसपटक ६ जना विद्यार्थीले जिपिए ४ ल्याएको कारण दामासाही रकमसहित सम्मान गरिएको हो ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका अगुवाको उपस्थिति थियो ।
यसरी सम्मानित छात्रछात्रामा बालशिक्षा माध्यमिक विद्यालयका स्मृति नेपाल, शुभेछ्या श्रेष्ठ र मेन्दो तामाङ छन् । त्यसैगरी प्रशान्त चालिसे प्रगति बोर्डिङ स्कुल मेलम्चीका फुर्साङ तामाङ, रमा मावि लिसंखु पाखर, रोजिना स्याङताङ, ज्ञान मन्दिर नमुना मावि मेलचौरले पनि ४ जिपिए प्राप्त गरेका थिए ।
उनीहरूलाई जनही १७ हजार नगदसहित सम्मान गरिएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सहआयोजक रहेको कार्यक्रम अध्यक्ष बुद्दराज बस्नेतको सभापतित्वमा भएको थियो ।







