२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पको नयाँ आदेशपछि टिकटक अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । सो अनुसार एपको नियन्त्रण उनको राजनीतिक र व्यावसायिक सहयोगीहरूले सम्हाल्नेछन् ।

यस सम्झौतापछि अमेरिकाभित्र टिकटकको चिनियाँ स्वामित्व २० प्रतिशतमा सीमित हुनेछ । चीनले भने शुक्रबार प्रतिक्रिया दिँदै यस विषयमा ‘खुला र निष्पक्ष’ व्यवहारको आह्वान दोहोर्‍याएको छ ।

एक करोड ७० लाखभन्दा बढी अमेरिकी प्रयोगकर्तासहित टिकटक विश्वकै लोकप्रिय छोटो भिडियो प्लेटफर्ममध्ये एक हो । तर चिनियाँ मूल कम्पनी बाइटडान्सको स्वामित्वले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता बढाएको छ, जसका कारण वासिङ्टनले अमेरिकी सञ्चालनको नियन्त्रण लिन दबाब दिएको हो ।

ह्वाइट हाउसमा भएको हस्ताक्षर समारोहमा ट्रम्पले एपको अमेरिकी संस्करण ‘उच्च स्तरका लगानीकर्ताहरू’ अर्थात् उनका नजिकका सहयोगीहरूको समूहले सञ्चालन गर्ने बताए । उनका अनुसार एप राजनीतिक दृष्टिले कुनै पनि धारमा झुक्नेछैन ।

लगानीकर्ताहरूमा ओरेकलका संस्थापक ल्यारी एलिसन, टेक उद्यमी माइकल डेल र मिडिया टाइकुन रुपर्ट मर्डोक सामेल छन् । साथै, सिल्भर लेक म्यानेजमेन्ट र सिलिकन भ्यालीको शक्तिशाली लगानी संस्था एन्ड्रिसन होरोविट्ज पनि सम्झौतामा छन् ।

“यो विनिवेशले लाखौँ अमेरिकी प्रयोगकर्तालाई टिकटक प्रयोग गर्न निरन्तर अनुमति दिनेछ, तर उनीहरूको डाटा राष्ट्रिय सुरक्षासँग सुरक्षित रहनेछ”, ट्रम्पले भने ।

निरन्तर निगरानी 
नयाँ व्यवस्थाअनुसार टिकटकको अमेरिकी संस्करणले आफ्नै स्वदेशी एल्गोरिदम मोडेल प्रयोग गर्नेछ । यही एल्गोरिदमलाई प्रायः एपको ‘गोप्य सफलता सूत्र’ मानिन्छ । ह्वाइट हाउसका एक अधिकारीले यस एल्गोरिदम ‘अनावश्यक प्रभावमा नपरोस्’ भनेर निरन्तर निगरानी गरिने बताए ।

टिकटकसँग सम्बन्धित नयाँ ढाँचा पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनको कानुनअनुरूप आएको हो । सो कानूनले बाइटडान्सलाई अमेरिकी सञ्चालन बेच्न वा प्रतिबन्धको सामना गर्न बाध्य पारेको थियो ।

अमेरिकी नीतिनिर्माताहरूले चीनले टिकटकमार्फत डाटा संकलन गर्ने वा एल्गोरिदम प्रयोग गरी अमेरिकी जनमानसमा प्रभाव पार्ने जोखिम रहेको दाबी गर्दै आएका छन् ।

ट्रम्पले यसअघि कार्यकारी आदेशमार्फत समयसीमा विस्तार गर्दै सन् २०२५ डिसेम्बर १६ सम्मको समय दिनुभएको थियो । बिहीबारको आदेशले फेरि जनवरी २३ सम्म एक सय २० दिनको थप समय उपलब्ध गराएको छ ।

चीनको प्रतिक्रिया 
सम्झौतासम्बन्धी प्रश्नमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन संवादको उल्लेख गर्दै भने, “राष्ट्रपति सीले यसलाई अनुमति दिनुभएको छ । उहाँको समर्थन अत्यन्तै महत्त्वपूर्ण छ ।”

राज्य सञ्चालित सिसिटिभीले सीले अमेरिकासँगको वार्ता बजार-आधारित र चिनियाँ कानुनसँग मेल खाने हुनुपर्ने धारणा व्यक्त गरेको जनाएको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि नियमित पत्रकार सम्मेलनमा भने, “हामी आशा गर्छौँ कि अमेरिकाले चिनियाँ कम्पनीहरूप्रति खुला, निष्पक्ष र गैर-भेदभावपूर्ण व्यापार वातावरण सुनिश्चित गर्नेछ ।”

टिकटकले भने अहिलेसम्म यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन ।