काठमाडौँ। नेपाली सेनाले ५ जना पूर्व प्रधान सेनापतिसँग समसामयिक विषयमा छलफल गरेको छ ।
नेपाली सेनाको हेडक्वार्टरमा सेनाले पाँच जना पूर्व प्रधान सेनापतिहरूसँग असोजको पहिलो हप्ता छलफल गरेको हो ।
छलफलमा अहिलेको वर्तमान राजनीतिमा विकसित घटनाक्रमबारे कुराकानी भएको सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।







