२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो

अ+ अ-

काठमाडौँ । ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था परोपकार संस्थाको ७९ औँ स्थापना दिवसको अवसरमा ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तकको शुक्रबार लोकार्पण गरिएको छ । 

प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित उक्त पुस्तकमा परोपकार संस्थाका संस्थापक दयावीरसिंहले २००१ सालतिर हैजाको महामारी फैलिँदा गरेको मानवीय सेवा, रक्तदान अभियानको सञ्चालन, हाइस्कुल, अनाथालय तथा प्रसूति गृहको स्थापना, दान विभाग तथा औषधालयको सञ्चालनजस्ता जीवनका महत्त्वपूर्ण घटनाक्रमहरू समेटिएका छन् । 

स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले पुस्तकका लेखक प्रा पराजुली र प्रकाशनमा सहयोग गर्ने गोपालकृष्ण मानन्धरलाई सम्मानपत्र प्रदान गरे ।

परोपकार संस्थाका अध्यक्ष हितकरवीर कंसाकारले परोपकार र दयावीरसिंह पर्यायवाची भएको बताउँदै भ्रष्टाचारविरुद्ध अभियान थाल्ने वर्तमान सरकारबाट संस्थाको हिसाबकिताबको निष्पक्ष छानबिन भइदिए खुसी हुने बताए । 

बाल विकास समाजका सल्लाहकार शरद् शर्माले विख्यात समाजसेवी दयावीरसिंहको नाउँमा एक बृहत् पुरस्कार स्थापना गनुपर्ने खाँचो औँल्याए ।

संस्थाका कोषाध्यक्ष उत्तमलाल जोशीका अनुसार परोपकार संस्थाले आर्थिक वर्ष २०८१/८२ मा रु दुई करोड ५० लाख आम्दानी र रु दुई करोड छ लाख खर्च गरेको छ । संस्थाले दान विभाग सञ्चालन, दुर्गम जिल्लाहरूमा औषधि वितरण, प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा सहयोग, एम्बुलेन्स, अनाथालय तथा चिकित्सालय सञ्चालन गर्दै आइरहेको छ ।