२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोला–मक्सुरमा अब हरेक घरमा धारा, टर्‍यो खानेपानीको संकट

अ+ अ-

सिरहा । कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका-१ र ३ गोला मक्सुरका बासिन्दाको। तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ। गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

‘पहिले एउटै धारामा पालो कुर्दै नुहाउनुपर्थ्यो, स्थानीय सुनमाया विक सम्झिन्छिन्, ‘अब आआफ्नो घरमै धारा छ, न त हतार छ, न अप्ठ्यारो।’ एक घैँटो पानीका लागि घण्टौँ पालो कुर्नुपरेको क्षण उनलाई अझै ताजै लाग्छन्।

जनजाति र दलित समुदायको बाहुल्यता रहेको यो बस्तीमा खानेपानीको संकट नयाँ थिएन। बस्तीका अर्का स्थानीय सञ्जु श्रेष्ठ भन्छिन्, ‘कुवा सुक्न थालेपछि त हाहाकार नै भएको थियो, अहिले भने त्यो दिन सम्झना सरह मात्रै भयो।’

स्थानीय खोला छेउको पुरानो कुवा बाढीले बगाएपछि गाउँमा पानीको स्रोत लगभग समाप्त भएको थियो। जिल्ला खानेपानी कार्यालयले १० घर बराबरको एक धारा बनाएको व्यवस्था इन्धन अभावका कारण जेनेरेटर चल्न नसक्दा बन्द हुन पुग्यो। गाउँमा बिजुली नपुग्दासम्म जेनेरेटरमै आयोजना निर्भर थियो।

यी नै यावत समस्याको समाधान स्वरूप गोलबजार नगरपालिका, वेल्थ हङ्गर हिल्फे र सबल नेपालको साझेदारीमा अघि बढ्यो गोला मुक्सर खानेपानी परियोजना।

यस परियोजनाको खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम गगन थापामगर भन्छन्, ‘पाँच दशकपछि यो बस्तीमा पुन:सुरक्षित र भरपर्दो खानेपानीको व्यवस्था हुनुले हामी सबैको जीवन सहज भएको छ।’ गत पुसदेखि गाउँलेका लागि खानेपानी वितरण सुरु गरेको उनले जानकारी दिए।

यस खानेपानी आयोजनाको आवश्यकता सम्बन्धमा स्पष्ट पार्दै सबल नेपालका पालिका संयोजक देवेशकुमार चौधरी भन्छन्, ‘हामीले यो आयोजना गर्दा स्थानीयको आवश्यकता बुझ्यौँ, समुदायलाई समेट्यौँ, अनि ‘एक घर, एक धारा’ को लक्ष्यमा केन्द्रित भयौँ।’

उनका अनुसार उक्त आयोजनाको कुल लागत ३७ लाख २६ हजार २६९ रुपैयाँ रहेको छ। परियोजनाबाट २५ लाख १० हजार २६९ रुपैयाँ, नगरपालिकाबाट  १२ लाख १६ हजार रुपैयाँ र स्थानीयको श्रमदानबाट आयोजना सम्पन्न भएको हो।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले पानीको संकट गहिरिँदो भएकाले त्यसलाई निराकरण गरी जनतालाई जसरी पनि पानी खुवाउने लक्ष्य नगरको रहेको र त्यसैको उदाहरण यो आयोजना रहेको बताए।

परियोजनामा १०/१० हजार लिटरका तीन ट्यांकी, कुल ३० हजार लिटरको भण्डारण क्षमता र घरघरमा धारा तथा चपुत्रा बनाइएका छन्। पानी वितरणपछि गाउँघरमा आउँदासमेत हिचकिचाउनुपर्ने अवस्थाबाट मुक्ति मिलेको स्थानीयको भनाइ छ।

सस्तो, सरल र सामुदायिक सहभागितामा आधारित यो आयोजना अब बिस्तारै अन्य टोलका लागि उदाहरण बन्ने आशा गरिएको सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठको भनाइ छ। उनी भन्छन्, ‘हामी यस्ता योजनालाई समुदायसँग सहकार्य गरेर दिगो विकासको उदाहरण बनाउन चाहन्छौँ।’