२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेनमार्कमा सैन्य पूर्वाधार नजिक फेरि रहस्यमय ड्रोन देखापरे, सुरक्षा सतर्कता कडा

अ+ अ-

काठमाडौँ । डेनमार्कको रक्षा मन्त्रालयले शुक्रबारदेखि शनिबार रातिसम्म देशका विभिन्न रक्षा सुविधाहरू वरपर नयाँ ड्रोन देखिएको पुष्टि गरेको छ । यसअघि पनि नर्डिक क्षेत्रका हवाई अड्डाहरूमा ड्रोन देखिएर अस्थायी रूपमा सञ्चालन बन्द गर्नु परेको थियो ।

मन्त्रालयले ठ्याक्कै कुन स्थानमा ड्रोन देखिएको भन्ने विवरण सार्वजनिक नगरे पनि डेनमार्कको सार्वजनिक प्रसारणकर्ता डिआरले सैन्य करुप एयर बेस वरिपरि र त्यसको बाडभित्र समेत करिब राति ८ बजे ड्रोन देखिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएको छ । 

केही समयका लागि हवाई क्षेत्र नागरिक उड्डयनका लागि बन्द गरिए पनि हाल करुपमा नागरिक उडान नहुँदा त्यसको प्रत्यक्ष प्रभाव खासै परेन ।

बुधवारदेखि बिहीबार रातिसम्म कोपनहेगनसहित चार वटा हवाई अड्डामा देखिएको यस्तै गतिविधिले उत्तरी युरोपमा सुरक्षा चिन्ता थप बढाएको छ । राजधानीमा सोमबार राति देखिएको ड्रोनले घण्टौँसम्म उडान अवरुद्ध गरेको थियो ।

“यी ड्रोन गतिविधिहरूको मुख्य उद्देश्य डर र विभाजन सिर्जना गर्नु हो”, न्यायमन्त्री पिटर हम्मेलगार्डले चेतावनी दिँदै भने, “डेनमार्कले यस्ता खतरा असरविहीन पार्ने थप उपाय खोज्नेछ ।” उनले आवश्यक परे पूर्वाधार सञ्चालकहरूलाई सीधै ड्रोन खसाल्न अनुमति दिने कानून ल्याउने तयारीसमेत रहेको बताए ।

युरोपेली संघ (इयु) को आगामी शिखर सम्मेलनलाई दृष्टिगत गर्दै रक्षा मन्त्रालयले स्विडेनबाट डेनमार्कलाई सैन्य एन्टी–ड्रोन क्षमता उपलब्ध गराउने प्रस्ताव स्वीकार गरेको जनाएको छ ।

यता, छिमेकी जर्मनीको उत्तरी राज्य श्लेसविग–होल्स्टाइनमा पनि बिहीबारदेखि शुक्रबार रातिसम्म धेरै ड्रोन देखिएको रिपोर्ट गरिएको छ । राज्यकी गृहमन्त्री सबिन सुटरलिन–वाकले ‘हाल ड्रोन प्रतिरक्षा उपायहरू अन्य राज्यहरूसँग मिलेर उल्लेखनीय रूपमा बढाइएको छ’ भन्दै थप विवरण भने नदिने बताए ।

जर्मन चान्सलर फ्रेडरिक मेर्जले भने, ‘हामी युद्धमा छैनौँ, तर अब शान्तिमा पनि छैनौँ’ भन्दै युरोपका पूर्वाधार र डाटा नेटवर्कमाथि भइरहेको लगातार आक्रमणले ठूलो चुनौती उत्पन्न गरेको बताए । 

उनले कुनै निश्चित देशलाई प्रत्यक्ष रूपमा दोष नदिए पनि ‘ड्रोन उडान, जासुसी, सार्वजनिक व्यक्तित्वमाथि खतरा, साइबर आक्रमण र तोडफोडजस्ता गतिविधि दैनिक आधारमा भइरहेको’ चेतावनी दिए ।

उनले उदाहरण स्वरूप सन् २०१९ मा बर्लिनको टियरगार्टन हत्या प्रकरणलाई स्मरण गरे । उक्त प्रकरणमा रुससँग लडेका जर्जियाली नागरिक जेलिमखान खांगोसभिलीको हत्या भएको थियो । उक्त हत्यामा संलग्न भनी दोषी ठहरिएका भादिम क्रासिकोभलाई सन् २०२४ मा रुस–अमेरिका कैदी आदानप्रदानअन्तर्गत मस्को पठाइएको थियो ।

यी पछिल्ला घटनाहरूले उत्तरी युरोपमा सुरक्षा संयन्त्रलाई सतर्क गराउनुका साथै सम्भावित बाह्य आक्रमण वा हाइब्रिड युद्धको आशंकामा क्षेत्रीय सहयोग अझै अपरिहार्य हुने संकेत दिएका छन् ।