काठमाडौँ । सुर्खेतमा बलात्कार आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकबेसी नगरपालिका-१० का १९ वर्षीय ललित खड्का रहेका छन् ।
प्रहरीका अनुसार ४० वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।







