२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिया कप क्रिकेट फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

अ+ अ-

काठमाडौँ। युएईमा जारी एसिया कप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा भिड्दै छन् ।

फाइनल खेल दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी सवा ८ बजेदेखि फाइनल खेल सुरु हुनेछ । यस खेललाई क्रिकेट विश्वकै सबैभन्दा प्रतीक्षित प्रतिस्पर्धा मानिएको छ।

यसअघि समूह चरण र सुपर फोरमा गरी दुई पटक आमनेसामने हुँदा दुवैपटक भारतले पाकिस्तानलाई पराजित गरेको छ । यद्यपि यसपटक फाइनल भिडन्त हुने भएकाले वातावरण निकै चर्किएको छ।

यस संस्करणमा भारत अपराजित रहँदै फाइनल पुगेको हो। समूह चरण र सुपर फोरमा पाकिस्तानलाई सजिलै हराएको भारतलाई अब उपाधि बचाउन निकै आत्मविश्वास छ।

ओपनर अभिषेक शर्माले ३०९ रनसहित प्रतियोगिताको ब्याटिङ चार्टमा शीर्षस्थानमा छन् भने बलिङमा पनि भारतकै कुलदीप यादव १३ विकेटसहित शीर्षमा छन्। जसप्रीत बुम्राहले पनि पावरप्लेमा निरन्तर नियन्त्रण गर्दै आएका छन्।

अर्कोतर्फ, पाकिस्तानले समूह चरणमा उतारचढाव देखाए पनि बंगलादेशविरुद्धको निर्णायक जितपछि फाइनल प्रवेश पक्का गरेको थियो । कप्तान सलमान आघाले तेस्रो भेटमा भारतलाई हराएर उपाधि जित्न टोली तयार रहेको बताएका छन्।

तर यो भिडन्त केवल क्रिकेटमै भने सीमित छैन। यसै वर्ष भारत-पाकिस्तानबीचको सैनिक तनावले खेलमै असर पारेको छ। खेलाडीहरूले एक आपसमा हात नमिलाउने, मैदानमा तिक्त बोली र उत्तेजक हाउभाउ प्रदर्शन गर्ने जस्ता घटनाले विवाद बढाएको थियो।

यसै कारण आइतबारको फाइनलमा राजनीतिक र भावनात्मक दुवै दबाब जोडिएको छ। कप्तान सूर्यकुमार यादवले भने आफ्नो टोलीले डर नभई योजनामा ध्यान दिने कुरामा जोड दिएका छन्।