२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुरुराज घिमिरेले भने-‘केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय लिने विश्वास छैन’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले असोज २६ गते बस्ने केन्द्रीय समितिले विशेष महाधिवेशनका लागि निर्णय गर्ने विश्वास नरहेको बताएका छन् ।

पार्टी विधानमा केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यक ठानेमा आह्वान गर्न सकिने व्यवस्था छ । केन्द्रीय समितिमा शेरबहादुर देउवाको ८० प्रतिशतभन्दा सदस्यहरू छन् ।

केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुने आशा गर्न सकिने ठाउँ नदेखिएको उल्लेख गर्दै घिमिरेले भने,‘हालसम्मका गतिविधि हेर्दा हामीलाई वर्तमान केन्द्रीय कार्यसमितिसँग विश्वास र भरोसा छैन । देश, लोकतन्त्र र पार्टी जोगाउन हामी सचेत र गम्भीर छौँ । २६ गते अघि नै हस्ताक्षर दर्ता गराउन जागरूक, सक्रिय र प्रतिबद्ध भएर लागौँ ।’

नेता घिमिरेको अगुवाइमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन जारी रहेको छ । विशेष महाधिवेशनका लागि कारण खुलाई ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर पेस गरेको अवस्थामा तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ ।

नेता घिमिरेले भन्छन्,‘विशेष महाधिवेशन, महाधिवेशनका प्रतिनिधिहरूको वैधानिक विशेषाधिकार हो । इतिहासको यस चुनौतीपूर्ण कालखण्डमा हामी नेपाली नागरिक र काँग्रेस सदस्यको भूमिका निर्वाह गर्न नचुकौँ ।’

पार्टीका हरेक सदस्यको योगदान र बलिदानको चरम अवमूल्यन गरिएको घिमिरेले टिप्पणी गरे । पार्टीमा मनपरी र स्वेच्छाचारले सीमा नाघेको उल्लेख गर्दै घिमिरेले अब सहन नसकिने बताएका छन् ।