काठमाडौँ । निर्मल निवासले पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन गरिएको लेटरप्याडमा सन्देश सार्वजनिक गरेको छ ।
दसैँको अवसरमा आइतबार जारी गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशमा उनलाई ‘पूर्व श्री ५’ भनेर उल्लेख गरिएको छ।
यसअघि निर्मल निवासबाट प्रकाशित हुने विज्ञप्तिहरूमा ‘श्री ५ महाराजाधिराज’ भनिँदै आएको थियो।
गत असारमा संविधानले नचिन्ने सम्बोधन प्रयोग गरेको भन्दै प्रहरीले पूर्वराजाका संवाद सचिव फणीन्द्र पाठकलाई सोधपुछसमेत गरेको थियो।
त्यसक्रममा प्रहरीले उक्त सम्बोधन प्रयोग नगर्ने सर्तमा पाठकलाई छोडेको थियो।








