२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीसँग ईयू र युरोपेली मुलुकका राजदूतको संयुक्त भेट

अ+ अ-

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालसँग युरोपेली युनियन र विभिन्न युरोपेली मुलुकका राजदूतहरूले संयुक्त रूपमा भेटेका छन् ।

नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपालका लागि जर्मनीका राजदूत उदो युजेन भोल्ज, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का तथा नेपालका लागि फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधिले अर्थमन्त्रीसँग संयुक्त भेट गरेका हुन् ।

भेटमा अर्थमन्त्री खनालले युरोपियन युनियन,  फ्रान्स, जर्मनी र फिनल्याण्डले नेपालको विकास प्रक्रियामा विगत लामो समयदेखि पुर्याउदै आएको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

छलफलका क्रममा युरोपियन युनियनले सार्वजनिक वित्त ब्यवस्थापन, सार्वजनिक खरिद, मानव श्रोत विकास लगायतका क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताए । फ्रान्स, जर्मनी र फिनल्याण्डले स्वास्थ, पर्यटन, उर्जा, राजस्व लगायतका क्षेत्रमा गरेको सहयोगको चर्चा गरे ।

भेटमा युरोपियन युनियन, जर्मनी र फिनल्याण्डका राजदूतहरूले नेपालमा हालै भएको राजनीतिक परिवर्तन पश्चात समेत नेपाल सरकारसँग सहकार्य गर्न सधै तयार रहेको उल्लेख गरे ।

साथै अर्थमन्त्री खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानिली म्यू बीचसमेत भेटघाट गरेका छन् ।

भेटमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले स्वीट्जरल्याण्ड नेपालको असल मित्र भएको र नेपालको आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याउदै आएकोमा धन्यवाद ब्यक्त गरे ।

मन्त्री खनालले नेपाल र स्वीट्जरल्याण्डबीच समान प्रकृतिको भौगोलिक अवस्थिति रहेको बताउँदै सार्वजनिक वित्त व्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास लगायतका क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।