२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घनश्याम भुसालले भने : ‘नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु’

अ+ अ-

काठमाडौँ। नेकपा यशका महासचिव घनश्याम भुसालले प्रमुख पार्टीका नेतृत्वको नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु भएको बताएका छन्।

जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै नेता भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने यो महत्वपूर्ण अवसर भएको जनाएका हुन्।

बाम एकता र कम्युनिस्ट मोर्चाको अभियान चलाइरहेका नेता भुसालले अहिले भएका पार्टीहरू बढीमा दुई महिनाभित्र सुध्रिएनन् भने राजनीतिक दल र देशले नै ठुलो क्षति हुने चेतावनी दिएका छन् ।

भुसालले भने, ‘अहिलेको नेतृत्वलाई बचाउने दृष्टिकोणहरू पनि आएका छन्। तर पहिले भइरहेका कमजोरी नसल्टाई कसैको नेतृत्व स्वीकार गरेर जाने अवस्था छैन। यो मेरो पार्टीमा पनि लागू हुन्छ। र ठूलासाना दलमा पनि लागू हुन्छ। बहालवाला दलमा अहिलेको नेतृत्व जोगाएर जान सम्भव छैन,’ उनले भने, समग्रमा बाम एकता अभियान थालेका थियौँ। माओवादी र यस मात्रै एकता गर्ने गरी मेरै पार्टीले पनि अभियान चालेको थियो। तर प्रचण्डकै नेतृत्वमा अथवा माधव नेपालकै नेतृत्वमा त्यो सम्भव छैन र हुँदैन।’

उनले कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली नै सर्वसाधारणलाई नैरास्यता बनाउने मुख्य विषय भएको बताउँदै भने ‘विचारमा सिद्धान्तमा कम्युनिष्ट कस्ता हुन्छन् भनेर पढाइयो। तर व्यवहारमा त्यो गर्न सकिएन लागू भएन त्यो हाम्रो नेताहरूको जीवनशैलीलाई जीवनशैलीलाई हेरेर अहिलेको निराशा बढेको हो। अब भ्रष्टाचार नगर्ने पार्टी होस्, भन्ने अभियान जेनजीले चलाए त्यो हामीले पनि भनेका हौ तर कार्यान्वयनमा लैजान सकेनौँ ।’

भ्रष्टाचार गर्ने तर भाषामा त्यसको विरोध गर्ने नेताहरू भएकोले अहिलेको समस्या देखिएको उल्लेख गर्दै उनले अहिलेका पार्टी केही महिनामै नसुध्रिए इतिहासमा सीमित रहने दाबी गरे।

‘यति ठुलो दबाब आउँदा नि दलको नेतृत्व नसुध्रिए सकिने हो, त्यसको विकल्पमा नयाँले स्पेश पाउने हो,’ उनले भने, ‘मुख्य नेतृत्व नबुझ्ने छैन तर उनीहरूलाई घेराउमा राख्नेहरूले नै गलत सूचना दिए, ढाकछोप गरे, अनि सतहमा पुग्नै दिएनन् ।’