२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करेन्ट लागेर दुई जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। बझाङमा मष्टा गाउँपालिका-५ किनाडाका टोलमा १३ वर्षीय सुरेश आग्रीको सोमबार करेन्ट लागेर मृत्यु भएको छ ।

वर्षासँगै आएको हावाहुरीले च्यातिएर भुईँमा खसेको राष्ट्रिय प्रसारण लाइनको तारमा गोरु हेर्न जाने क्रममा छोइएकाले उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । मृतक आग्री अंकलको घरमा बस्दै आएका थिए ।

यसअघि शुक्रवार बिहान छविसपाथिभेरा गाउँपालिका-४ शिरमातोलामा २० बर्सिया साबित्रा शाह धारामा पानी भर्न गएका बेला चुँडिएको तारको सम्पर्कमा पर्दा करेन्ट लागेर ज्यान गुमाएकी थिइन् । हालसालै विवाह गरेर आएकी शाहको विवाह भएको २८ दिनमै निधन भएको हो ।

मष्टा गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुन्छ भने छविसपाथिभेरा गाउँपालिका – ४ मा स्थानीय लघु जलविद्युत आयोजना सञ्चालनमा छ । तर, उचित मर्मत र सुरक्षात्मक उपायको अभावका कारण बारम्बार यस्ता घटना भइरहेका छन् ।

स्थानीयवासीले विद्युत् प्राधिकरण र सम्बन्धित निकायको लापरबाहीकै कारण यस्ता घटना बढिरहेको भन्दै तत्काल सचेतना र सुधारात्मक पहल गर्न आग्रह गरेका छन् ।