२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी छानबिन आयोगका अध्यक्ष कार्की विवादमा

अ+ अ-

काठमाडौँ । जेनजेड आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्की विवादमा तानिएका छन्।

आन्दोलनकै क्रममा उनले सामाजिक सञ्जाल (फेसबुक र एक्स)मा लेखेका स्टाटस सार्वजनिक भएपछि उनको नेतृत्वमा हुने छानबिनको निष्पक्षतामाथि प्रश्न उठेको हो।

विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी युवा आन्दोलनको समर्थन गर्दै राजनीतिक दलका नेताविरुद्ध निरन्तर अभिव्यक्ति दिएका थिए। उनका स्टाटसका स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। वरिष्ठ कानुन व्यवसायी र नागरिक समाजका व्यक्तिहरूले कार्कीले आन्दोलनमै पक्षधरता देखाएकाले उनको नेतृत्वमा हुने छानबिन निष्पक्ष नहुने आशंका व्यक्त गरेका छन्।

संविधानविद् डा. विपनी अधिकारीले पनि न्याय स्वतन्त्रता र निष्पक्षतामा आधारित हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “कानून र न्यायका प्रक्रियाहरु सार्वजनिक खपतका लागि मात्र होइनन। शाशकिय अधिकारको सिमा हुन्छस नागरिक अधिकार जुनसुकै अवस्थामा पनि सुनिस्चित हुनुपर्छ। जाँचबुझ आयोग ुधरपकड आयोगु मा परिणत होस् भन्नेको कमि नहोला। तर स्वतन्त्रता तथा निष्पक्षतानै न्यायको पहिलो शर्त हो।”

अन्तरिम सरकारले कार्कीको नेतृत्वमा बनेको उच्चस्तरीय जाँचबुझ आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारीलाई सदस्य बनाएको छ। तीन महिनाभित्र प्रतिवेदन बुझाउने म्यादसहित आयोगलाई आन्दोलनका क्रममा भएका दमन, आगजनी, लुटपाट, हत्या लगायत सबै घटनाको छानबिन गर्ने जिम्मेवारी दिइएको छ।

आन्दोलनपछि बनेको आयोगले कैदी फरार, सरकारी तथा निजी सम्पत्तिको क्षति, प्रहरी दमन र मानवीय क्षतिको विवरण संकलन गर्ने निर्णयसमेत गरिसकेको छ।

यसैबीच कार्कीका पुराना सामाजिक सञ्जाल पोस्टहरू सार्वजनिक भएपछि उनको निष्पक्षतामाथि प्रश्न उठेको हो।

कार्कीले सेप्टेम्बर ९ मा ४:२७ बजे तीन वटा पोष्ट गरेका थिए । जसमा लेखेका थिए;
कसैलाई पनि भाग्न दिनु हुँदैन
केपी ओली हेलिकप्टरबाट भागे भन्ने हल्ला चलेकोछ।
पूर्व प्रधानमन्त्री केपी ओली शेरबहादुर देउवा पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य पूर्व मन्त्री सांसद एवं पदाधिकारीहरु कसैलाई पनि विदेश जान र भाग्न दिनु हुँदैन।

त्यसपछि उनले अर्को पोष्ट लेखेका थिए;
उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ। विमानस्थल बन्द गरिनु पर्दछ। निजी हेलिकप्टर चलाउन दिनु हुँदैन। भारतीय र चिनिया सीमाना बन्द गरिनु पर्दछ।कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ।यी राष्ट्रघाती अपराधीहरु कसैलाई पनि मार्नु पनि हुँदैन।

भ्रष्टाचार अकुत सम्पत्ति तथा कानुन उल्लंघनमा कारबाही गरिनु पर्दछ। उनको तेस्रो पोष्ट थियो;

यसपछि ७:२६ मा लेखेका थिए :
Gen Z जेन जी आन्दोलन सफल भयो।
अब राष्ट्रिय सम्पत्तिहरु तोडफोड र आगलागि गर्नु भएन।
आन्दोलनकारीहरुले राष्ट्रिय सम्पत्ति नोक्सान गर्नु भनेको भोली Gen Z जेन जीले सरकार बनाएपछि पनि ती सम्पत्ति निर्माणमा खर्च जुटाउनु पर्ने हुन्छ।
अनावश्यक राष्ट्रिय क्षतिबाट देशलाई नै नोक्सान हुने हो।

र, ०७:४८ मा उनको पोष्ट संवैधानिक नियुक्तिसँग सम्बन्धित थियो ।
मिलेर ५२ भाइको संवैधानिक नियुक्ति सदर गराउने ती श्रीमानहरु के भन्लान् अव जेन जीसंग ?