काठमाडौँ । काठमाडौँ उपत्यकाका नेवार समुदायले खड्ग जात्रा अर्थात् ‘पाया’ मनाएका छन् ।
दशैंको टीकाको दिन साँझ तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी जात्रा मनाउने गरिन्छ ।
शक्तिपीठबाट खड्गधारण गरी यो पर्व मनाइन्छ । असत्यमाथि सत्यको जित भएको खुसियालीमा खड्ग जात्रा मनाउने गरिएको नेवार समुदायका अगुवाहरू बताउँछन् ।
काठमाडौँमा कंकेश्वरी, टेस्बहाल, बटु, भद्रकाली, कोहीटी, निलबाराही र हनुमानढोका दरबारबाट तलेजु भवानीको खड्गजात्रा निकाल्ने परम्परा छ ।
जात्राको क्रममा नगर परिक्रमा पछि दानवको प्रतीक कुभिन्डोमा खड्गले प्रहार गरी खुसीयाली मनाउने गरिन्छ ।







