२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरपालुवा जनावरका लागि खोप अभियान सञ्चालन गरिँदै

अ+ अ-

काठमाडौँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ । 

केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार गाई भैँसी, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरलाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप लगाइने भएको हो । 

“तत्काल खोप अभियान सञ्चालनका लागि भेटेरिनरी संकायमा अध्यायन गरेका प्राविधिक, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मी तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई सूचीकृत गर्ने कार्य भइरहेको छ”, उनले भने, “तिहार पश्चात् खोप अभियान सञ्चालन गर्छौ ।” 

जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरी पशु प्राविधिक सूचीकृतको कार्य अगाडि बढाइएको उनले जानकारी दिए। 

उनले खोप कार्यक्रमलाई पशुपालकका गोठमै पुगेर लगाउने व्यवस्था मिलाइने बताए । विगतका वर्षझै यसवर्ष पनि खोरेत, पिपआर लगायतका खोप अभियान सञ्चालन हुने छन् । 

उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका घरपालुवा जनावर जंगली जनावरको सम्पर्कमा आउने सम्भावना बढी हुन्छ, यसले गर्दा सङ्क्रामक रोग सर्ने खतरा हुन्छ र त्यसैले खोप अभियानलाई यस क्षेत्रमा बढी केन्द्रित गर्छौ, त्यसबाहेकका क्षेत्रमा पनि खोप अभियान सञ्चालन हुन्छ ।” घरपालुवा जनावरमा प्राय: खोरेत, पिपिआर लगायतका रोग देखिने गर्छ ।

यी रोगविरुद्ध समयमै खोप लगाउन नसक्दा ठुलो मात्रामा जनावर मर्ने, दूध–मासु उत्पादन घट्ने र किसानको जीविकोपार्जनमा गम्भीर असर पर्ने देखिन्छ । 

“यस अभियानले पशुधनको स्वास्थ्य सुधार गर्नुका साथै किसानको आयआर्जन सुरक्षित गर्ने विश्वास लिएका छौँ”, उनले भने, “घरपालुवा जनावरबाट जंगली जनावरमा रोग सर्ने जोखिम कम गर्ने उद्देश्यले पनि अभियानलाई अघि बढाइने तयारी गरिएको छ ।”

उनका अनुसार खोप लगाइएपछि पशुपालक किसानले आफ्नो जनावर रोगबाट सुरक्षित भएको अनुभूति गर्ने छन् । यसले दूध, मासु उत्पादनमा वृद्धि गर्ने मात्र होइन, पशुधनमा आधारित परिवारको जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । 

रेबिजविरुद्धको खोप भने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बाह्रै महिना किसानलाई नि:शुल्क रूपमा उपलब्ध गराउने व्यवस्था रहेको छ ।