२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोखिमयुक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी

अ+ अ-

काठमाडौँ । स्वास्थ्य संस्थाहरूबाट निस्कने जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि धनगढीमा नगरपालिका स्तरीय साझा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको छ ।

‘हेकाफ ३६०’ नामको संस्थाको प्राविधिक सहयोगमा धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडमा उक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको हो । 

उपमहानगरपालिका कार्यालयका वातावरण इन्जिनियर अशोक अवस्थीले ‘हेकाफ ३६०’ नामको संस्थाले उक्त फोहोर व्यवस्थापनका लागि कर्मचारीको क्षमता अभिवृद्धिका साथै उपकरणको सहयोग गरेको बताए । उनले भने, “आगामी केही दिनमा यो केन्द्र सञ्चालनमा आउन लागेको छ, यसबाट जोखिमयुक्त फोहोरको पनि व्यवस्थापन हुनेछ ।” 

उपमहानगरपालिकाको रु. ६० लाखको लागतमा निर्माण गरिएको सो केन्द्रमा सबै स्वास्थ्य संस्थाहरूबाट संकलन गरिने जोखिमयुक्त फोहोरलाई फोहोर व्यवस्थापन केन्द्रमा ल्याएर ‘अटो क्लेभ’ मेसिन प्रयोग गरी उच्च तापक्रम र उच्च प्रेसर (चाप)मा राखेर जीवाणु नष्ट गर्ने प्रक्रिया अपनाइन्छ । त्यसपछि मात्र फोहोरको वर्गीकरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । यसअन्तर्गत स्वास्थ्य संस्थाहरूले सेवा प्रदान गर्दा उत्पादन हुने फोहर स्रोतमै छुट्याउने प्रणालीको विकास गर्न लागिएको छ ।  

एक वित्तीय विश्लेषण अध्ययनले स्वास्थ्य संस्थाको एक किलो जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि रु. ४३ देखि रु ५८ सम्म सेवा शुल्क पर्न आउने देखिएको बताइन्छ । धनगढी उपमहानगरपालिका कार्यालयले उपमहानगर क्षेत्रमा दैनिक हुने कुहिने र नकुहिने फोहरलाई ठेक्कामार्फत संकलन गरेर व्यवस्थापन गरिरहेको भए पनि स्वास्थ्य संस्थामा संकलन हुने जोखिमयुक्त फोहोर व्यवस्थापनमा भने चुनौती देखिन थालेको अवस्थामा यो केन्द्र सञ्चालनसँगै जोखिमयुक्त फोहोरको पनि सहज व्यवस्थापन हुने अपेक्षा गरिएको छ । 

१९ वडा रहेको धनगढी उपमहानगरपालिकाका कतिपय ग्रामीण क्षेत्रका वडामा भने फोहोर व्यवस्थापनका साथै स्तरीय सडक र स्वच्छ खानेपानी लगायत पूर्वाधार अझै जुट्न सकेको छैन ।