२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा सवारी साधन आवतजावत बन्द : असोज २० सम्म यात्रुहरूलाई सतर्क रहन आग्रह

अ+ अ-

मनाङ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म देशभर भारी वर्षा हुने सम्भावना रहेकाले मनाङ जिल्ला प्रशासन कार्यालयले असोज १८, १९ र २० गतेसम्म सवारी साधनको आवतजावत बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय, मनाङले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ-“मनसुनको सक्रियताका कारण असोज २० गतेसम्म गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा निरन्तर वर्षा हुने सम्भावना रहेकाले यस अवधिमा बेसीसहर सडक खण्ड आवतजावतका लागि बन्द गरिएको छ।”

सूचनाअनुसार, जिल्ला सुरक्षा समिति मनाङको बैठकले यस्तो निर्णय गरेको हो। लगातारको वर्षाका कारण सडकमा पहिरो र बाढीको जोखिम बढेकाले यातायात बन्द गरिएको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी नवराज नवराज पौड्‍यालद्वारा हस्ताक्षरित सूचनामा यात्रु र चालकहरूलाई अत्यावश्यक बाहेकका यात्रामा नगई सुरक्षित रूपमा घरमै बस्न अनुरोध गरिएको छ। साथै, विभिन्न सञ्चार माध्यमबाट विपद्‌सम्बन्धी सूचना नियमित रूपमा प्राप्त गर्न पनि आग्रह गरिएको छ।