२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडितका लागि काठमाडौँ महानगरपालिकाद्वारा पाँच विद्यालयमा अस्थायी आश्रयस्थल

अ+ अ-

काठमाडौँ । हालसम्म काठमाडौँ महानगरपालिकाभित्रका पाँच विद्यालयमा बाढीको जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित रूपमा राखिएको छ। मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै बाढीपीडितहरूको लागि आवश्यक खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको उल्लेख गरेका छन्।

महानगरको शिक्षा विभागका अनुसार महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि अस्थायी आश्रयस्थल (सेल्टर)को व्यवस्था गर्न सकिने छ। हाल पाँच विद्यालयमा बाढीपीडितहरूलाई राखिएको छ।

उनका अनुशार विश्व निकेतन, त्रिपुरेश्वर-७० जना, गुह्येश्वरी-५२ जना जन विकास विद्यालय, कुलेश्वर-५२ परिवार (२५१ जना) र महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकु-२० जनाले आश्रय लिइरहेका छन् । 

बाढीका कारण घरमा फर्किन नसकेका नागरिकलाई यी विद्यालयहरूमा अस्थायी रूपमा राखिएको छ। महानगरपालिकाले उनीहरूको दैनिक खाना, पानी र आवश्यक सामग्रीको व्यवस्था गरिरहेको जनाएको छ।

साथै आपत्कालीन सम्पर्क नम्बरहरूसमेत मेयर साहले सेयर गरेका छन् । कुनै पनि आपत्कालीन अवस्था वा अव्यवस्था परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू:

📞 १६६००१०५५११

📞 ०१५९०१७६४

📞 ०१५९०१७६३

मेयर बालेनले सबै नागरिकलाई जोखिमयुक्त स्थानमा नजान र सुरक्षित रहन अनुरोध गरेका छन्।