२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापन बैठकमा पुगेका सुदन गुरुङले कर्मचारीलाई दिए निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेनजेडका नेता सुदन गुरुङको उपस्थिति देखिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टसहित आयोजित उक्त बैठकमा गुरुङले विपद् उद्धार र राहत व्यवस्थापनका विषयमा सुझाव र निर्देशन दिएका छन्।

बैठकको भिडियो उनले आफैं सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्, जसमा उनी सरकारी अधिकारीहरूसँग प्रत्यक्ष संवाद गर्दै देखिन्छन्। उनले उद्धारका प्राथमिक कार्यहरू पहिचान गर्न जोड दिँदै भने,-‘जहाँ–जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुन सकेको छैन। त्यो पहिले हुनुपर्‍यो। त्यसपछि मात्र सेल्टर र राहतको व्यवस्था गर्न सकिन्छ,’ उनले भने, ‘राज्यले के गर्नुपर्छ त्यसलाई पछि हेर्नेछौं, अहिले तत्काल रासनपानी र सेल्टरको तयारी गर्नुपर्छ, किनभने त्यहाँ खाना छैन।’

गुरुङले उद्धार कार्यका लागि एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिनुपर्ने पनि बताएका छन्। उनका शब्दमा, ‘कम्तीमा त्यहाँ एम्बुलेन्स छ कि छैन भन्ने निर्क्योल गर्नुपर्‍यो, त्यसपछि उद्धार अघि बढाउनुपर्छ।’

उक्त भिडियोमा उनले प्राधिकरणसँग कति टेन्ट उपलब्ध छन् भनेर पनि सोधेका छन्। जवाफमा प्रमुख कार्यकारी अधिकृत भट्टले केही टेन्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा रहेका र बाँकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताएका छन्।

त्यसैगरी, गुरुङले सशस्त्र प्रहरीको रिलोकेसन सेन्टरमा रासनलगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्। उनले स्वास्थ्य शिविर र आपतकालीन राहतका लागि आवश्यक तयारी तत्काल गर्नुपर्ने बताए।

बैठकमा उपस्थित सशस्त्र प्रहरीका एक डीएसपीले जानकारी दिँदै भनेका छन्, ‘हामीसँग ९६ र्‍याफ्ट र ३३ मोटरबोट तयारी अवस्थामा छन्।’ त्यसमा प्रतिक्रिया दिँदै गुरुङले भने, ‘हाई स्पीड मोटरबोट अर्बन नदीमा कम काम लाग्छ, तर तराईका क्षेत्रमा उपयोगी हुन्छ। त्यसबाहेक अन्य फ्लोटिङ डिभाइस र लाइफ ज्याकेट पर्याप्त हुन आवश्यक छ।’ उनले हरेक मनसुनमा लाइफ ज्याकेट अभाव हुने समस्या दोहोरिने गरेको पनि औंल्याए।

गुरुङले बैठकमा विपद् प्राधिकरणका सीईओसँग हवाई उद्धारका तयारीबारे पनि जानकारी लिएका थिए। सीईओ भट्टले सेनाका हेलिकोप्टर उद्धारका लागि परिचालनमा रहेको बताए।