२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा बाढी र डुबानको जोखिम कायमै

अ+ अ-

काठमाडौँ । लगातारको वर्षाले सिरहामा बाढी र डुबानको जोखिम कायमै रहेको छ । हालसम्म ठूलो जनधनको क्षति नभए पनि प्रशासन र सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अन्तराम शर्माका अनुसार वर्षाका कारण केही क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । हुलाकी सडकअन्तर्गत सहजा खोलामा पानीको बहाव बढेपछि औरही र बरियारपट्टि चौकबाटै सवारीसाधनलाई ‘डाइभर्ट’ गरिएको छ । प्रहरी टोलीहरू संवेदनशील स्थानहरूमा परिचालन गरिएका छन् ।  

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कमला, गागन, बलान, सरे, खुट्टीलगायतका नदी तथा खोलामा पानीको बहाव सामान्य भए पनि लगातारको वर्षाका कारण बहाव कुनै बेला पनि बढ्न सक्ने खतरा रहेको बताए । “हामी सबै जोखिमयुक्त क्षेत्रहरूमा निगरानी गरिरहेका छौँ । नागरिकलाई सतर्क रहन अनुरोध छ ।”

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आज कमला नदी क्षेत्रको निरीक्षण गरेको छ । कतिपय जोखिमयुक्त ठाउँमा कटान रोक्न बालुवाले भरिएका बोराहरूको प्रयोग गरी अस्थायी बाँध बनाइएको प्रजिअ अधिकारीले जानकारी दिए । 

यहाँका स्थानीय तहले पनि सक्रियता देखाएका छन् । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले आज वडा नं १६ को झिरहरि खोला र वडा नं ४ का सुन्दरपुर, इस्लामपुर बस्तीको निरीक्षण गरेका छन् ।  

नगरपालिकाले पानी जमेको ठाउँहरूमा निकासको काम गरिरहेको नगरप्रमुख चौधरीले जानकारी दिए । 

यस्तै, स्थानीय प्रशासनले नदी तथा खोलाका आसपासका बासिन्दालाई सतर्क रहन, जोखिम महसुस भए सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।