२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हैजा र झाडापखालाबाट बच्न शुद्धीकरण गरेर पानी पिउन स्वास्थ्य मन्त्रालयको आग्रह

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।  

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बाढी पहिरो तथा डुबानका कारण हैजा र झाडापखालालगायत पानीजन्य रोग लाग्न सक्ने भन्दै त्यसबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरेका हुन् ।  उमालेर वा ‘क्लोरिन’ झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन उनले आग्रह गरेका छन् । 

प्रवक्ता बुढाथोकीद्वारा जारी सन्देशमा भनिएको छ,“खानेपानीलाई सधैँ सफा भाडामा ढाकेर राख्न र सफा भाडाले मात्र खानेपानी निकाल्नु होला । खानेकुरालाई राम्ररी पकाएर मात्र खान र सडेगलेको, बासी र झिंगा भन्केको खानेकुरा नखान र खानेकुरा सफा भाडाले ढाकेर मात्र खान आग्रह छ ।”

यसैगरी खाना बनाउनुअघि, खाना खानु वा खुवाउन अघि, दिसा पिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहर चलाएपछि घर वा कार्यालय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुनपानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिची हात धुन मन्त्रालयले आग्रह गरेको छ । 

साबुनपानी उपलब्ध नभएमा ‘स्यानिटाइजर’ प्रयोग गर्न सबैलाई अनुरोध गरिएको छ । मन्त्रालयले प्राकृतिक विपद्मा चर्पीमा मात्र दिसा पिसाब गर्न र बालबालिकाको दिसापिसाबलाई चर्पीमा नै फाल्न आग्रह गरेको छ ।

यस्तै, झाडापखाला भई हालेमा तुरुन्तै पुर्नजलीय झोलसँगै प्रशस्त मात्रामा पोसिलो झोलिलो खानेकुरा खानसमेत आग्रह गरिएको छ ।