काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
तोकिएको समयभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।








