काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम रहेको दाबी गरेका छन्। उनले ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा शुल्क र व्यापारको सहयोगमा भारत र पाकिस्तानबीच द्वन्द्व रोकिएको बताएका हुन्।
तर, भारतले भने उनको दावीलाई अस्वीकार गर्दै भारत र पाकिस्तान बीचको मुद्दा द्विपक्षीय भएको बताएको छ।
‘यदि मसँग कर लगाउने शक्ति नभएको भए, सातमध्ये कम्तिमा चार युद्ध भइरहेका हुन्थे। मैले युद्ध रोक्नको लागि कर प्रयोग गरेँ। यदि हामीले भारत र पाकिस्तानलाई हेर्यौँ भने तिनीहरू यो (युद्ध) को लागि तयार थिए।’ उनले भने ‘सात लडाकु विमानहरू खसालिएका थिए। तिनीहरू यसको लागि तयार थिए र तिनीहरू आणविक शक्ति हुन् मैले भनेको सबै कुरा धेरै प्रभावकारी थियो। मैले भनेको सबै कुरा कर र व्यापारको बारेमा थियो।’







