काठमाडौँ । कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुचारु गरेको छ ।
भदौ २४ गतेको जेन जी आन्दोलनले नगरपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा क्षति भएपछि नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याएको हो ।
कीर्तिपुर नगरपालिका नगरप्रमुख कृष्णमान डंगोल मंगलवारदेखि नगरपालिकाको नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनले नगरपालिकाले कोभिड-१९ को समयमा आइसोलेशन बनाएको भवनबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्न थालेको बताए ।
बुधबारदेखि सम्पूर्ण सेवा यही भवनबाट आउने उनको भनाइ छ । उनले आपतकालिन सेवा भने नगरपालिकाले भदौ २७ गतेदेखि नै सञ्चालनमा ल्याएको पनि जानकारी दिए ।
यसअघि पर्यटन सूचना केन्द्रबाट सेवा दिइरहेको भए पनि काम गर्न अप्ठ्यारो भएको उनले बताए ।
नगरप्रमुख डंगोलले नगरपालिकाको पुरानो भवन आगलागीले पूर्णरुपमा जीर्ण भएको पनि बताएका छन् ।







