२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा संघको प्रश्न : बालेनका बुबा एक कर्मचारीको काठमाडौँमा घर कसरी बन्यो ?

अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकटको राष्ट्रिय युवा संघले नेपोबेबीको ट्रेन्ड काठमाडौँ महानगरका प्रमुख बालेन साहको पनि सुरु हुनुपर्ने जनाएको छ ।

युवा संघले बुधबार पत्रकार सम्मेलन गरेर बालेन शाहको काठमाडौँ र मधेशमा भएको घर जग्गाको बारेमा प्रश्न उठाएको हो ।

संघका उपाध्यक्ष महाराज गुरुङले बालेन साहको सम्पत्ति माथि पनि प्रश्न उठाएका हुन् ।

बालेनका बुबा कर्मचारी रहेको व्यक्तिको काठमाडौँमा घर कसरी बन्यो भनी प्रश्न गुरुङले गरे । ‘नेपो बेबीको ट्रेन्ड चलाउनुपर्छ भने बालेन साहबाट चलाउनुपर्दछ । देशलाई षडयन्त्र गरेर भड्खालोमा हाल्ने बालेन साहको पनि ट्रेन्ड चलाउनुपर्दछ ।’

मेयर साहले कालो चश्मा लगाउँदै सामाजिक सञ्जालमा स्ट्याटस लेखेर अराजकता मच्चाएको उनले बताए ।

वर्तमान सरकार चुनाव गराउने निर्माण भए पनि त्यसप्रति जिम्मेवार नदेखिएको गुरुङले आरोप लगाए । २१ फागुनमा गरेरै जाने हो भने युवा संघ सघाउन तयार रहेको उल्लेख गर्दै अहिलेका प्रधानमन्त्री र मन्त्रीसँग एउटै क्षेत्रबाट चुनाव लड्ने चेतावनी दिए ।

‘सुशीला कार्की कुन ठाउँबाट लड्ने हो ? महाराज गुरुङ त्यही ठाउँबाट लड्न तयार छ । अहिलेका गृहमन्त्री जहाँबाट चुनाव लड्ने हो, महाराज गुरुङ त्यही ठाउँबाट लड्न तयार छ,’ उपाध्यक्ष गुरुङले भने ।

सुदन गुरुङ, कुलमान घिसिङ र बालेन साह पनि प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताए । चुनावका लागि राजनीतिक दलसँग संवाद नगरिएको प्रति आपत्ति जनाइएको थियो ।

सरकारी सम्पत्ति तथा नेताहरूको घरमा आगजनी प्रति आपत्ति जनाउँदै गुरुङले भने, ‘हामीले पनि आन्दोलन गरे तपाईँहरूको घर पनि बच्छ त ?’