२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी तीन एजेण्डामा छलफल गर्न नेकपा एसले बोलायो सचिवालय बैठक

अ+ अ-

काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले असोज २४ गते सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार मुख्यतः तीन एजेण्डामा छलफल गर्न उक्त बैठक बोलाइएको हो ।

यसअघिको सचिवालय बैठकले संविधान र लोकतन्त्र पक्षधर दल एकताबद्ध हुनुपर्छ र चुनावमा जान तयार हुनुपर्छ भनी गरेको निर्णय कार्यान्वयनको पहल गरिने उनले बताए । ‘हामीले निर्णय त गरेका छौँ, तर त्यसअनुसार दलहरूका बीचमा कुनै किसिमको विकास क्रम देखिँदैन, त्यसलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल हुन्छ’, उनले भने ।

अघिल्लो बैठकले वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा गठन गरेको ‘विचार मिल्ने शक्तिसँग एकताको पहल’ सम्बन्धी कार्यदलले अहिलेसम्म गरेको प्रगति शुक्रवारको बैठकमा प्रस्तुत गरिने भएको छ । उपाध्यक्ष ज्वाला आफैँ पनि उक्त कार्यदल सदस्य हुन् । उनका अनुसार एकताका विषयमा विभिन्न पक्षसँग छलफल चलेको छ, तर कुनै ठोस निष्कर्षमा पुगेको छैन ।

गत भदौमा बोलाइएका विभिन्न तहका बैठकको मिति तोक्ने काम पनि शुक्रवारकै बैठकले गर्ने ज्वालाले बताए । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक तय गरिने उनको भनाइ छ ।