काठमाडौँ। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिँदै नयाँ सरकारको लागि दाबी पेश गरेको छ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलले बहुमत सांसदको हस्ताक्षर सहित दाबी पेश गरेको हो।
नेकपा एमालेले आजै सतिशकुमार सिंहलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएका थिए ।
काङ्ग्रेस एमाले र जनमतले आजै प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेश गरिएको छ ।
एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेश गरिएको हो ।
हेर्नुहोस् विज्ञप्ति :








