२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचन तयारीबारे आयोगद्वारा राष्ट्रपतिलाई जानकारी

अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको छ ।

आयोगका आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार भेटेर निर्वाचनको तयारीबारे जानकारी गराएका हुन् ।

आयोगका अनुसार आयुक्त भण्डारीले राष्ट्रपति पौडेललाई फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारीको अवस्था र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउनका लागि गर्नुपर्ने भावी कार्यक्रमलगायतका बारेमा जानकारी गराएका हुन् ।

यसैगरी प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने स्रोत, साधन र जनशक्तिको सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की लगायत विभागीय मन्त्रीहरूसँग छलफल गरिएको जानकारी आयुक्त भण्डारीले राष्ट्रपति पौडेललाई गराएको आयोगले जारी गरेको विज्ञप्तिमा छ ।

मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोत, साधन र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता सरकारको तर्फबाट आएको जानकारी आयुक्त भण्डारीले राष्ट्रपतिलाई गराएका थिए ।

निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने सुनिश्चितता सरकारको तर्फबाट प्राप्त भएको, निर्वाचनको पूर्व तयारीका लागि आयोगका आन्तरिक प्रशासनिक विषयहरूलाई समेटेर तयार गरिएको कार्य योजना बमोजिमका कार्यहरू योजनाबद्ध रूपमा सम्पादन गरिरहेको र निकट भविष्यमा राजनीतिक दलहरू तथा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम तय भएकोबारे पनि भण्डारीले राष्ट्रपतिलाई गराएका छन् ।

यसैगरी संशोधित मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावलीमा नाम दर्ताको काम सुचारु रहेको जानकारी समेत राष्ट्रपतिलाई भण्डारीले गराएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भेटमा राष्ट्रपति पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकहरूको सहभागिता हुने वातावरण तयार गर्न, राजनीतिक दल तथा सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने कार्यको सुनिश्चितताका लागि कार्यतालिका बमोजिमका कार्यहरू समयमै सम्पन्न गर्न निर्देशन भएको छ ।