२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला

अ+ अ-

देउखुरी (दाङ) । पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् । 

घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष थिइन्। समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् । उनले भनिन्, “सोही वडामा २५ कट्ठा जमिन भाडामा लिएर आलु र  प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुईवटा टनेल बनाएर तरकारी खेती गरेका छौँ ।” कृषि ज्ञान केन्द्रले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ । 

सोही कार्यालयले २० जनालाई रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनले बताइन्। समूहमा आबद्ध भएपछि सरकारी कार्यालय र अन्य कार्यालयमा केके कार्यक्रम आउँछन्, त्यसका बारेमा जानकारी हुने गरेको र अनुदानका लागि फारम भरेको उनले बताइन्।

समूहका अध्यक्ष देउकुमारी चौधरीले आफ्नो र भाडामा लिएको जमिनमा  सामूहिक खेती गरेको बताइन्। घरको जमिनमा गरेको खेती घरमै राख्ने तर सामूहिक गरेको खेतीको आम्दानी समूहमा राख्ने गरेको बताइन्। गत वर्ष सामूहिक खेती गरेको धान बिक्री गरेर रु ६० हजार, आलु बिक्रीबाट रु २० हजार, ब्रोकाउली  बिक्रीबाट रु १२ हजार १५०, तरकारीका बेर्ना बिक्रीबाट आठ हजार ३००, काउली बिक्रीबाट चार हजार ५००, प्याजको बेर्ना बिक्रीबाट तीन हजार, गहुँ बिक्रीबाट रु १२ हजार आम्दानी भएको उनले बताइन्। समूहमा काम गर्न थालेपछि रु एक लाख १९ हजार ९५० आम्दानी भइसकेको छ उनले भनिन् ।  पन्ध्र क्विन्टल प्याज थियो, त्यो बिक्री भइरहेको छ । सामूहिक खेती गर्न धेरै सजिलो भएको छ, समयमा खेताला नपाइने र जनशक्ति कम भएका बेला सामूहिक खेतीले सहज भएको उनको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उनले बताइन् । अध्यक्ष चौधरीले समूहका सबै सदस्यले वित्तीय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउने गरेको बताइन्। उनले भनिन्, “सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।”

पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी कृष्ण न्यौपानेले लक्षित वर्गका लागि आएको बजेट महिला समूहलाई दिएको बताए । महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले सहयोग गरेको बताए।