२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लोलाई

अ+ अ-

काठमाडौँ । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार जनाएको छ । 

क्राज्नाहोर्काइलाई प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उनका ‘प्रभावशाली र दूरदर्शी रचना’ का लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ।

उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा मध्यमवर्गीय परिवारमा भएको थियो । नोबेल पुरस्कार पाउने उनी हङ्गेरीका दोस्रा साहित्यकार छन्। सन् २००२ मा इम्रे केर्टेस पनि उक्त पुरस्कारबाट सम्मानित भएका थिए । 

उनका कैयौँ कृति हङ्गेरियाली भाषामा प्रकाशित छन्। उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् र उनका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन्।

यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ। अब शान्ति र अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुन बाँकी छ। पुरस्कार आगामी डिसेम्बरमा वितरण हुने छ। 

नोबेल पुरस्कारबाट सम्मानित भएपछि लेखकले स्विडेनी प्रसारक स्भेरिजेस रेडियोसँग भने, “म धेरै खुसी र शान्त छु । पुरस्कार पाएको समाचारले मलाई घबराहट महसुस भएको छ।” 

उनले भने, “नोबेल पुरस्कार विजेताका रूपमा यो मेरो पहिलो दिन हो ।”

पुरस्कार समितिले १९८५ मा प्रकाशित क्रास्ज्नाहोर्काईको पहिलो उपन्यास, ‘सटाटान्गो’ ले उनलाई हङ्गेरीमा प्रख्यात बनाएको र यो त्यहाँ उनको सबैभन्दा प्रसिद्ध कृति बनेको जनाएको छ। 

नोबेल एकेडेमीले उक्त कृतिलाई ‘साहित्यिक सनसनी’ भनेको छ।

एकेडेमीले भनेको छ, “क्रास्ज्नाहोर्काई काफ्कादेखि थोमस बर्नहार्डसम्म फैलिएको मध्य युरोपेली परम्परामा एक महान महाकाव्य लेखक हुनुहुन्छ । उहाँको सिर्जनामा बेतुकवाद र विचित्र ज्यादतीको विशेषता पाइन्छ।