२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५१औं विश्व हुलाक दिवसमा बृहत् टिकट प्रदर्शनी सम्पन्न

अ+ अ-

काठमाडौँ । नेपाल सरकारले १५१औं विश्व हुलाक दिवसको अवसरमा आयोजना गरेको बृहत् हुलाक टिकट प्रदर्शनी तथा टिकटमा टाँचा प्रदान कार्यक्रम काठमाडौँको बबरमहलस्थित हुलाक सेवा विभागमा सम्पन्न भएको छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल प्रमुख अतिथि रहेका थिए भने, मन्त्रालयका सचिव राधिका अर्याल विशेष अतिथि रहेकी थिइन्।

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक उदय रानामगर, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले अध्यक्षता गरेकी थिइन्।

विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले डा. हर्ष बहादुर बुडामगर, मुस्ताङको सिंजा झोङ गुफा, महोत्तरीको लक्ष्मीनारायण मन्दिर (मटिहानी), र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) पुरुष तथा महिला विश्वकप छनोट प्रतियोगितामा सहभागी नेपाली टोलीका तस्वीर अंकित हुलाक टिकट सार्वजनिक गरेको हो। प्रमुख अतिथि मन्त्री खरेल, सचिव अर्याललगायत उपस्थित अतिथिहरूले प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरी टिकट सार्वजनिक गरेका थिए।

हुलाक सेवा विभाग र फिलाटेलिक सोसाइटीको सहकार्यमा आयोजित बृहत् हुलाक टिकट प्रदर्शनीमा १० जना फिलाटेलिस्टहरूले विभिन्न विषयमा आधारित टिकट संग्रह प्रदर्शनी गरेका थिए। यस अवसरमा देशका विभिन्न जिल्लाका हुलाक कार्यालयलाई जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरिएको थियो।

त्यसैगरी हुलाक सेवामा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ भने जनआन्दोलनका क्रममा सरकारी सम्पत्ति संरक्षण गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो। साथै, निजामती सेवा दिवस २०८२ र विश्व हुलाक संघ २०२५ को अवसरमा टिकट प्रदर्शनी गर्ने फिलाटेलिस्टहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रम सञ्चालन हुलाक सेवा विभागका निर्देशक विशाल सापकोटाले गरेका थिए। प्रकाशित हुलाक टिकटको विवरण शाखा अधिकृत चन्द्रा थापाले प्रस्तुत गरेका थिए भने प्राविधिक विवरण कला अधिकृत पूर्णकला लिम्बूले वाचन गरेका थिए।

कार्यक्रममा गोश्वारा हुलाका प्रमुख ढालबहादुर जीसी, हुलाक प्रशिक्षण केन्द्रका प्रमुख ध्रुवराज आचार्य, विज्ञापन बोर्डका प्रमुख देवी पाण्डे, नेपाल क्रिकेट संघका पूर्व कप्तान विनोद दास, र फिलाटेलिक सोसाइटीका अध्यक्ष चन्द्र रवि श्रेष्ठलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

“जनताको लागि हुलाक : स्थानीय सेवा, विश्वव्यापी पहुँच” भन्ने नाराका साथ विश्वभरका हुलाक संघका सदस्य राष्ट्रहरूले हुलाक दिवस मनाइरहेका छन्। नेपालमा पनि असोज २१, २२ र २३ गतेसम्म हुलाक सेवा विभाग र देशभरका हुलाक कार्यालयहरूमा विविध कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइएको हुलाक सेवा विभागका निर्देशक लिलाराज पौडेलले जानकारी दिएका छन्।