२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड पुस्ताको प्रतिनिधित्व हुने गरी महाधिवेशन सुनिश्चित गर्न काँग्रेसको ध्यानाकर्षण

अ+ अ-

ललितपुर । नेपाली काँग्रेसका युवाहरूले जेन जेड पुस्ताको प्रतिनिधित्व हुने गरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदै युवाहरूले पार्टीलाई युवामैत्री, चलायमान र जिम्मेवार संस्था बनाउन आग्रह गरेका हुन् । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आकाश उप्रेतीले भने, “पार्टी विषम परिस्थितिबाट गुज्रिरहेको छ, पार्टीको हरेक तहका समितिहरू अधिवेशनको संघारमा भए पनि महाधिवेशन हुने नहुने अन्यौलता छ । त्यसैले जेन जेड प्रदर्शनपछिको अवस्थालाई ध्यान दिँदै पार्टी संगठनमा युवाहरूका लागि खुला पार्टीका रूपमा स्थापित गराउन, मुलुकमा व्याप्त व्यथितप्रति प्रगतिशील विचार भएका जेन जेड समूहलाई आउँदो महाधिवेशनमार्फत सबै तहमा स्थापित गराउनु अनिवार्य छ । यसै विषयमा ध्यानाकर्षण गराएका छौँ ।”

युवाहरूले सबै तहका निर्वाचनमा कम्तीमा पनि ४० प्रतिशत युवालाई पार्टीको उम्मेदवारका रूपमा अगाडि बढाउनुपर्ने व्यवस्था विधानमा नै उल्लेख गराउन, पार्टीका विभिन्न तहका समितिमा आउन हाल रहेका प्रतिबन्धात्मक व्यवस्था निलम्बन गर्न, पार्टीमा मनोनीत र प्रतिनिधित्व गरिने पदहरूमा समावेशितालाई ध्यानमा राखी ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गराउन ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै पार्टी उपसभापति धनराज गुरुङले युवाहरूको माग सकारात्मक रहेको र यसलाई सम्बोधन गर्न छलफल गरिने बताए । “युवा वर्गलाई निरुत्साहित गरिनु हुँदैन, उनीहरूको मागलाई सम्बोधन गर्नुपर्छ, निश्चित व्यवस्था गर्नुपर्छ । यस विषयमा छलफल हुन्छ”, उनले भने ।

यस्तै, सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले जेन जेड समूहबारे राखिएका माग सकारात्मक रहेकाले निश्चित व्यवस्था गर्न पहल गर्ने बताए । पार्टी केन्द्रीय सदस्य एवम् पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले सबै समूहको एकताबाट मात्र पार्टीको हित हुने धारणा राखे । उनले युवा पुस्तालाई बाहिर राखेर पार्टीलाई संगठित र सशक्त बनाउन नसकिने भन्दै जनतामाझ जानका लागि पनि युवा प्रतिनिधित्वको विषय सम्बोधन गरिनुपर्नेमा जोड दिए।