२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी

अ+ अ-

मोरङ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको सम्पत्ति दायित्व रु. ५७ करोड ३८ लाख पुगेको छ ।

आज यहाँ आयोजित संस्थाको २७औँ वार्षिक साधारण सभामा सहकारीको कुल सम्पत्ति दायित्व आर्थिक वर्ष २०८१/८२ मा रु. ५७ करोड ३८ लाख ५७ हजार ४५४ पुगेको जानकारी दिइयो ।

अध्यक्ष जीवन काफ्लेले संस्थाको अघिल्लो आव २०८०/८१ मा रु. ४८ करोड चार लाख रहेकामा गत आवमा त्यसमा सुधार गर्न सफल भइएको र चालु आव २०८२/८३ मा यसलाई वृद्धि गरेर रु. ६३ करोड ९० लाख १७ हजार ३०२ पुर्‍याइने लक्ष्य रहेको बताए । गत आवमा वार्षिक लक्ष्यको ९४ प्रतिशत अर्थात् रु. ५१ करोड ४३ लाख पाँच हजार ५६९ आम्दानी गरेको उनले जानकारी दिए।

यस्तै, सहकारीको निक्षेप रु. ४४ करोड ४३ लाख ११ हजार ७०९ रहेको छ भने  ऋण लगानी रु. ३५ करोड ८८ लाख ७२ हजार ९९४ रहेको छ । वि.सं. २०५५ साउन ४ मा स्थापित सहकारीमा हाल एक हजार ८९३ जना शेयर सदस्य रहेका  छन् ।

यस सहकारीले गत आवमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कारसमेत प्राप्त गरेको संस्थाका सचिव ओमराज सुवेदीले बताए ।

यसैबीच यहाँ एक पत्रकारसहित तीन जनालाई नगदसहित पुरस्कृत गरिएको छ । किशोरी खतिवडा स्मृति पुरस्कारबाट निजामती कर्मचारी संगठनकी पूर्व उपाध्यक्ष इन्दिरा रिजाल (काठमाडौँ), दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर), हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ ।

निजामती कर्मचारी संगठनकी केन्द्रीय अध्यक्ष भवानी दाहाल, संस्थाका अध्यक्ष जीवन काफ्ले, दाता परिवारका सदस्यलगायतले तीनै जनालाई पुरस्कार प्रदान गरे। सहकारीले ७५ वर्षमाथिका ज्येष्ठ सदस्य तथा कक्षा १२ र एसइईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरेको छ ।