२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु

अ+ अ-

एएफपी । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो जब जिम्बावे जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको हो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा सहरबाट छुटेको थियो, जुन जिम्बावे सीमाबाट करिब एक हजार ५०० किलोमिटर टाढा पर्छ ।

लिम्पोपो प्रदेशकी यातायात मन्त्री भायोलेट माथ्येका अनुसार,“हाल उद्धार कार्य जारी छ, तर अहिलेसम्म ४० जनाको मृत्यु पुष्टि भइसकेको छ ।” मृतकमध्ये एक १० महिनाकी बालिका पनि रहेको उनले जानकारी दिए ।

उक्त दुर्घटनामा ३८ जना यात्रु घाइते भएका छन्, जसलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उद्धार टोलीले अझै पनि बाँकी यात्रुहरूको खोजी गरिरहेको छ ।

दुर्घटनाको सम्भावित कारणबारे मन्त्री माथ्येले भने, “चालकको थकान वा गाडीमा आएको यान्त्रिक खराबीका कारण दुर्घटना भएको हुन सक्छ ।”

दक्षिण अफ्रिका आधुनिक सडक सञ्जाल भएको मुलुक भए पनि दुर्घटनाको दर निकै उच्च छ । यहाँको सडक दुर्घटनामा प्राय: अतिवेग, लापरवाहीपूर्ण ड्राइभिङ र असुरक्षित सवारीसाधनहरू जिम्मेवार हुने गरेको बताइन्छ ।