२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संसद् पुनर्स्थापनाको मुद्दातिर लाग्दा प्रत्युत्पादक हुन्छ, श्वेतपत्र जारी गरेर माफी मागौँ’: राजेन्द्र महतो

अ+ अ-

काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसद् विघटनप्रतिको आपत्ति वा संसद् पुनर्स्थापनाको मुद्दातिर पुराना दल लागेमा स्वयं दलका लागि प्रत्युत्पादक हुने बताएका छन्।

जारी केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदनमा जेनजी विद्रोहपछि मतदाता मनोविज्ञान, नागरिक भावना र समाजको शक्ति संरचनामा व्यापक परिवर्तन आइसकेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रहका कारण कदाचित् पुराना दलहरूले नयाँ निर्वाचनमा भाग लिएनन् वा अवरोध उत्पन्न गरे झन् परिस्थिति भयावह हुनसक्छ त्यसैले पनि अब प्रक्रिया रोकिनु हुँदैन । बरु यस मौकामा पुराना दलहरूले आजसम्मका गल्तीका लागि गम्भीर आत्मसमीक्षा र श्वेतपत्र जारी गरी नागरिकसँग माफी माग्नु पर्दछ र निर्वाचनमा भाग नलिने भुल गर्नु हुँदैन ।’

उनले सरकारलाई फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ट म्यान्डेट तोकिएको उल्लेख गरेका छन्।

प्रस्तावमा भनिएको छ, ‘प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति पत्रमै ‘निर्वाचन सम्पन्न गर्ने गरी’ भनेर सरकारको प्राथमिकता किटान गरिएको छ । राजनीतिक दललगायत सरोकारवाला सबै पक्षसँग समन्वय गर्दै चुनावको वातावरण बनाउनु यो सरकारको पहिलो कार्यभार हुनुपर्ने हो।’

सरकार गठन भएको एक महिना पुग्न लाग्दा राजनीतिक पार्टीहरूसँग समन्वयको आवश्यकता महसुस नगरेकी प्रम कार्की ताजा जनादेश प्राप्त पूर्णकालीन आरामदायी सरकार झैँ नियमित प्रशासनिक काममै व्यस्त देखिएको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘यसअघिका सरकारहरूले जस्तै नियुक्ति र सरुवा, बढुवालाई प्राथमिकता बनाएको देखिँदै छ । यस परिस्थितिमा सरकारलाई हामीले स्मरण गराउनु पर्दछ कि यो सरकार क्रान्तिको बलमा, विगतका सरकारले मात्र होइन कि सम्पूर्ण राज्यले गरेका गल्ती सच्याउने दिशा तय गर्न, परिवर्तनको निम्ति निर्माण भएको अन्तरिम सरकार हो।’