२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट जेनजीहरुले ‘जेन जेड रेड टास्क फोर्स’ गठन गरेका छन् । यो टास्क फोर्सको नेतृत्व अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति निमल्सिनाले लिएकी छन् ।

तिमल्सिनाका अनुसार अहिलेसम्म ४० जिल्लामा टास्क फोर्सको संयोजक तोकिसकिएको छ भने बाँकी जिल्लामा तोक्ने काम तीव्र रूपमा अगाडि बढाइएको छ । माआ‍ेवादी केन्द्रभित्र व्यक्तिवादी प्रवृत्ति चरम रूपमा हाबी भएको तिमल्सिनाको भनाइ छ । चाकरी गर्नेहरूलाई मात्रै अवसर दिएर पार्टी नै कब्जा गर्न खोज्नेहरूबाट जोगाउन आफूहरूले अभियान चलाएको उनले बताइन् ।

टास्क फोर्सले दुई-चारवटा काम गर्ने तिमल्सिनाले बताइन् । एउटा, माओवादीले १७ हजार मारेको भन्ने ‘गलत भाष्य’ जनतामाझ पुगेर चिर्ने । उनले भनिन्, ‘हजारौँ निहत्था जनता त राज्यपक्षले दमन गर्दा मारिएका हुन् ।’

यो भाष्य चिर्न आइटी सेलले समेत काम गर्ने उनले बताइन् । दोस्रो, गाउँ गाउँमा रेड टास्क पोस्ट बनाएर जनताका कुरा सुन्ने । तेस्रो, पार्टीलाई पुन:संरचनामा लैजाने । अब एक कार्यकाल अझैँ ‘प्रचण्ड’लाई पार्टी चलाउन दिने र त्यसपछि शीर्ष नेतृत्वलाई बिदा गर्ने उनको भनाइ छ । चौथो, फागुन २१ को चुनावमा नभए त्यसपछिको चुनावमा बहुमत ल्याउने गरी काम गर्ने । र पाँचौँ, चिनियाँ कम्युनिष्ट पार्टी जस्तै देशमा एक मात्रै कम्युनिस्ट पार्टी बनाउने ।

तर, अझैँ एक कार्यकाल प्रचण्डको विकल्प नरहेको तिमल्सिनाको दाबी छ । आफू रुकुम पश्चिमतिर पुग्दा त्यहाँका कार्यकर्ताले समेत ‘प्रचण्ड’ बाहेक अरूलाई अध्यक्ष स्वीकार्न नचाहेको बताएको उनले बताइन् ।