काठमाडौँ। दुई सचिवको पदस्थापन गरिएको छ । आज बसेको कोशी मन्त्रिपरिषद् बैठकले उनीहरूको पदस्थापन गरेको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्यलाई पदस्थापन गरिएको छ ।
यसैगरी बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका एघारौँ तहका इन्द्र सापकोटालाई खटाएको मन्त्री भण्डारीले बताएका छन् ।







