जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जेन जेड आन्दोलनका क्रममा ध्वस्त भएको भवन संरचना मर्मतसम्भार गरेपछि राष्ट्रिय परिचयपत्र सेवा पुन: सुचारु गरेको छ।
कार्यालयले आवश्यक मेशिनरी तथा उपकरणहरू व्यवस्थापन गरी २०८२/०५/२४ गते क्षतिग्रस्त सेवा केन्द्रलाई पुन: सञ्चालनमा ल्याएको हो। अबदेखि सेवा आलोपालो प्रणालीमा सञ्चालन हुनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालका अनुसार, कार्यालयले २०८२ असोज २७ गतेदेखि नियमित सेवा पुन: सुरु गरेको हो। नागरिकहरूले बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा लिन सक्नेछन्।
दाहालले प्रशासनसँग भने, “सेवा सहज र द्रुत बनाउन समय तालिका विस्तार गरिएको हो। अब नागरिकहरूले लामो प्रतीक्षा बिना परिचयपत्र बनाउन वा नवीकरण गर्न सक्नेछन्।”
राष्ट्रिय परिचयपत्र सेवा पुन: सुचारु भएपछि स्थानीयहरूमा खुशी देखिएको छ।










