२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकले सुनका असर्फी यसपालि सर्वसाधारणलाई बिक्री नगर्ने

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले सुनका नयाँ असर्फी नछापेकाले सर्वसाधारणलाई वितरण नगर्ने भएको हो ।

विगतका वर्षजस्तो यसपालि सर्वसाधारणले धनतेरसमा नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी खरिद गर्न नपाउने टक्सार महाशाखाले जनाएको छ । शाखाका अनुसार चाँदीका सिक्का भने बिक्री गरिनेछ । चाँदीका सिक्का किन्न धनतेरस कुर्नु पर्दैन ।

सुनका असर्फी छाप्न केन्द्रीय बैंकको सञ्चालक समितिले नै निर्णय गर्नु पर्ने हुन्छ । तर, यसपालि भने तिहार नजिकिँदै गर्दा पनि सञ्चालक समितिले कुनै निर्णय नगरेपछि नयाँ असर्फी छपाइ तथा बिक्री नहुने भएको हो ।

पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढिरहेको र बजारमा माग बढेको भए पनि आपूर्तिमा कमी देखिएको छ । विश्वभर अधिकांश केन्द्रीय बैंकले सञ्चितिको रूपमा सुन कायम राखिरहँदा आपूर्तिमा कमी देखिएको छ। मंगलबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार नाघेको छ ।