२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत र आकार ६१ खर्ब सात अर्ब २२ करोड

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार रु. ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल रु. १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकामा रु. १५ खर्ब १२ अर्ब ९८ करोड अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।

चालु खर्चमा रु. ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकामा रु. नौ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु. तीन खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकामा रु. दुई खर्ब २३ अर्ब ९४ करोड अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ रु. तीन खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा रु. तीन खर्ब ३२ अर्ब ६७ करोड अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।

गत आर्थिक वर्षमा कुल रु. ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख राजस्व संकलन भएको छ । जसमध्ये कर राजस्व रु. १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व रु. एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति रु. १७ अर्ब ३६ करोड ९६ लाख रहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा लक्ष्य गरिएको राजस्व संकलन लक्ष्य रु १४ खर्ब १९ अर्ब ३० करोड ३० लाखको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व संकलन भएको हो ।

गत आर्थिक वर्षमा अनुदान रु. २३ अर्ब ५३ करोड र ऋण रु. एक खर्ब २५ अर्ब ४० करोड गरी कुल रु. एक खर्ब ४८ अर्ब ९३ करोड वैदेशिक सहायता प्राप्त भएको छ । गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत बराबर हो ।

घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले रु. तीन खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण रु. एक खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल रु. चार खर्ब ५५ अर्ब ३९ करोड बराबरको सार्वजनिक ऋण परिचालन भएको छ ।