२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा फूल खेती सिक्दै १४ जिल्लाका किसान

अ+ अ-

मुस्ताङ । फूलखेती गर्ने तरिका सिक्न १४ जिल्लाका किसान मुस्ताङ आएका छन् । यहाँ आयोजित शीतोष्ण बागवानी विकास केन्द्रले मङ्गलबारदेखि सञ्चालन गरेको ‘नर्सरी धनीहरूलाई गुणस्तरीय बिरुवा प्रसारण तथा नर्सरी व्यवस्थापन’सम्बन्धी तीन दिने सिकाइ कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाका १८ किसान यहाँ आएका हुन् ।

घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र फलफूल तथा तरकारी उत्पादन तथा जिल्लाभित्र र बाहिरका किसानका लागि महत्त्वपूर्ण कृषि पाठशालाका रूपमा स्थापित हुँदै आएको छ । केन्द्रको आयोजनामा सहभागी किसानलाई कृषिसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिन थालिएको हो ।

केन्द्रले बर्सेनि जिल्ला बाहिर र जिल्लाभित्रका किसानको प्रतिनिधित्व रहने गरी यस प्रकारको फूल तथा नर्सरी व्यवस्थापनसम्बन्धी अभ्यास तालिम सञ्चालन गर्ने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । यस वर्ष पनि पूर्वको सङ्खुवासभादेखि सुदूरपश्चिमको दार्चुलासम्मका किसान सहभागी छन् । म्याग्दीबाट तीन, बाग्लुङबाट दुई, सल्यानबाट दुई र धादिङ, बझाङ, दैलेख, कालिकोट, दार्चुला, नुवाकोट, उदयपुर, रुकुम पश्चिम, गोरखा, सङ्खुवासभा र रसुवाका एक एक किसान तालिममा सहभागी छन् ।

केन्द्रमा भएका कृषि प्रविधिको हस्तान्तरणका साथै जिल्लाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक चिनारी पस्किँदै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने केन्द्रको लक्ष्य रहेको प्रमुख आत्रेयले बताए । गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापनसम्बन्धी सिकाइ तालिम र प्रसारणका विविधिकरणका बारेमा सहभागीलाई जानकारी गराइनेछ । साथै किसानलाई केन्द्रमा अवस्थित विभिन्न फलफूल तथा तरकारी बगैँचा ब्लकको अवलोकन गराइने छ ।