२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्रीको पहलपछि जाजरकोटमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । 

बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएको विषय मन्त्रालयमा गुनासो आएपछि मन्त्री खरेलले तत्कालै एक्सन लिएर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिएका हुन् । टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन गरेको छ ।

यही असोज ९ गते बारेकोट गाउँपालिका–५ रतनकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावरमा चट्याङले क्षति पुर्‍याएपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । यसबाट १० हजारभन्दा बढी सेवाग्राही मर्कामा परेका थिए । सेवा अवरुद्ध भएपछि स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदानप्रदानमा समस्या भएको थियो । 

स्थानीय प्रकाशमान सिंहले दुई हप्तादेखि अवरुद्ध टेलिकमको सेवा सञ्चालन भइसकेको र यसले स्थानीयलाई ठूलो राहत मिलेको बताए। उनले टेलिफोन सेवा सञ्चालनमा आएसँगै इन्टरनेट सेवाको क्षमता विस्तारका लागि पहल गरिदिन आग्रह गरे । उनका अनुसार फोरजी सेवाको टावर स्थापना गर्दा १२ हजार जनसङ्ख्या रहेको थियो । अहिले गाउँपालिकामा २२ हजार जनसङ्ख्या पुगेको र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेकाले इन्टरनेटको क्षमता विस्तार गरी सेवा थप प्रभावकारी बनाइनुपर्ने अपरिहार्यता रहेको छ ।

सञ्चार मन्त्री खरेलले टेलिफोन सेवा अवरोध हुँदा जाजरकोटवासीको समस्या आफूले अनुभूत गरेर तत्कालै सेवा सञ्चालनका लागि पहल गरेको बताए। मन्त्री खरेलले कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा सेवा विस्तारको कार्यलाई विशेष प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख गरे । उनले जनतालाई आधारभूत सञ्चार सेवालगायतको प्रत्याभूत गराउन सरकारले सबै खाले पहल गर्ने विश्वास व्यक्त गरे।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लम्सालले बारकोट र आसपास क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सञ्चालन भएको जानकारी दिए। उनका अनुसार चट्याङले पूर्ण रूपमा क्षति भएको टेलिफोन टावरको रेडियो उपकरण तथा अर्थिङलगायत कतिपय सामग्री केन्द्रबाट उपकरण मगाई सेवा सञ्चालन गरिएको हो । 

टेलिफोन सेवाको क्षमता विस्तार र गुणस्तर वृद्धिका लागि काम गर्ने गरी उपकरणसहित थप प्राविधिक फिल्डमा खटाइएको छ । इन्टरनेट सेवाको क्षमता विस्ता र गुणस्तर बढाउन पनि प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।

यस्तै डोल्पा जिल्लाकोसेवा अवरुद्ध भएका भुर्तेचुला, सर्मी, कालिका र रुकुमपश्चिमका गोतामकोटलगायत क्षेत्रहरूमा सञ्चालनमा रहेका मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजनाका लागि गोतामकोट स्टेशनमा नयाँ जेनेरेटर जडान गरी तिहार अगाडि नै सञ्चालनमा ल्याउने निर्देशक लम्सालले जानकारी दिए।