काठमाडौँ । भदौ २४ जेनजी प्रदर्शनका क्रममा आगजनीबाट गृह मन्त्रालयमा रहेको करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको खुलेको छ ।
मन्त्रालयको अभिलेखमा रहेको र डिजिटाइजेसन गर्ने क्रममा इन्ट्री भएका सबै विवरणहरू समेत नष्ट भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, कतिपय अभिलेखहरू ‘डिजिटाइज्ड’ गर्ने क्रममा कागजातहरू स्क्यान भइरहेको थियो । स्क्यान गरेको डकुमेन्ट राखिएका कम्प्युटर र ल्यापटप पनि जलेको बताइएको छ।
गतवर्ष सरकारले अंगिकृत नागरिकताको विवरण र अभिलेख डिजिटाइज्ड गर्ने योजना बनाएको थियो, त्यसक्रममा करिब १७ हजार विवरण इन्ट्री भइसकेको थियो ।







