२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेश बर्तौलाले भने : ‘अबको मिसन संसद् पुनर्स्थापना, राष्ट्रिय सरकार गठन, संविधान संशोधन र अर्ली इलेक्सन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले अबको मिसन संसद् पुनर्स्थापना, राष्ट्रिय सरकार गठन, संविधान संशोधन र अर्ली इलेक्सनमा जाने रहेको बताएका छन् ।

ललितपुरको भनीमण्डलमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यतिबेला देश अलोकतान्त्रिक र असंवैधानिक मार्गबाट अगाडि बढिरहेको छ । यसलाई लोकतान्त्रिक मार्गमा ल्याउनु आजको मुख्य विषय हो,’ उनले भनेका छन्

बर्तौलाका अनुसार लोकतान्त्रिक मार्गमा मुलुकलाई ल्याउने दुई वटा बाटोहरू रहेका छन्- संसद् पुनर्स्थापना र निर्वाचन ।

वर्तमान सरकार निर्वाचन नगराउने षडयन्त्रमा देखिने गरी क्रियाशील रहेको बताउँदै उनले भने, ‘अहिले मुलरूपमा निर्वाचन गराउने जिम्मेवारीमा रहेको सरकार निर्वाचनको वातावरण बनाउने तर्फ भन्दा पनि डर, भय र त्रासको आतंक खडा गरेर सत्तामा रहिरहन र लम्ब्याउन चाहन्छ ।’

सरकार राजनीतिक दलहरूसँग संवाद र छलफलको सट्टा निषेध र दलका नेताहरूलाई धम्क्याउने कार्यशैलीका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यसले प्रस्ट रूपमा देशमा चुनाव हुने अवस्था नबनाउन सरकार आफैँ लागेको देखिन्छ ।’

निर्वाचन पनि नहुने र देशमा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था पनि नहुने हो भने मुलुक अर्को भयानक संकट तर्फ उन्मुख हुने निश्चित रहेको उल्लेख गर्दै उनले संसद् पुनर्स्थापनाको विषय अहिलेको मुख्य मुद्दा भएको बताए ।

‘संसद् पुनर्स्थापनाको माग सहित अगाडि बढ्ने हो । संसद् पुनर्स्थापना पश्चात् संसद्‍बाट सर्वदलीय र सर्वपक्षीय राष्ट्रिय सरकार निर्माण गरेर संविधान संशोधन गर्दै ताजा जनादेशका लागि अर्ली इलेक्सनमा जाने हो,’ नेता बर्तौलाले भनेका छन् ।

यही मिसनका साथ एजेन्डाहरूलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।

संसद् पुनर्स्थापना, राष्ट्रिय सरकार गठन, संविधान संशोधन र अर्ली इलेक्सनमा जाने नीति नै अहिलेको वस्तुगत आवश्यकता रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यदि हामी यसरी अगाडि बढ्न सकेमा जेनजी युवा पुस्ताको भावना, आकांक्ष र चाहना पूरा गर्न र मुलुकका विद्यमान चुनौतीहरू समाधान गरी राजनीतिक स्थिरता तर्फ अगाडि बढ्ने आधारहरू निर्माण गर्न सकिन्छ ।’

यसका लागि संविधान र व्यवस्था स्वीकार गर्ने देश भित्रका सम्पूर्ण राजनीतिक शक्तिहरू एक ठाउँमा उभिने वातावरण बनाउनुपर्ने उनको आग्रह छ । यस्तो वातावरण बनाउन एमालेको नेतृत्वदायी भूमिका जरुरी रहेको उल्लेख गर्दै उनले भने, ‘यसका लागि ढिलो नगरी पहल थाल्न नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छु ।’