२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरू दलले मंसिरमा महाधिवेशन गर्न सक्ने, हामीले किन नसक्ने ? भन्दै काँग्रेस बैठकमा शेखरको प्रश्न

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् ।

काँग्रेसको भावी कदम बारे देशभित्र र बाहिरबाट समेत चासोका साथ हेरिएको उल्लेख गर्दै केन्द्रीय समितिको बैठकमा नेता कोइरालाले भने,‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ ?’

काँग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउन मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्ने उनले बताए । नेता कोइरालाले महामन्त्रीले मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने विश्वास राखे।

नेता कोइरालाले विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर संकलन भएको र त्यसले काँग्रेसमा ऊर्जा भर्ने रूपमा आफूले बुझेको बताए । उनले भने,‘सबैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनबाट मात्र सम्भव छ ।’

देशको राजनीति र सामाजिक नैतिक स्तरलाई माथि उठाउनुपर्ने अवस्था रहेको र त्यसको अगुवाइ काँग्रेसले गर्नुपर्ने नेता कोइरालाको भनाइ छ । लिखित धारणा राखेका कोइरालाले पार्टीभित्र विगतको आन्तरिक समस्या बारे भने,‘सम्बन्धमा सरकार र सरकार सञ्चालनमा जाने दलका पात्रहरूबारे लामो समय देखि नागरिकस्तरवाट प्रश्नहरू उठेका थिए।’

लोकतान्त्रिक सार्वभौम सिद्धान्त र मूल्यपद्धतिलाई जित र हार मात्र नभई प्रतिष्ठाको विषय बनाएर काँग्रेस हिँड्दा नागरिकको आवाज नसुन्ने प्रवृत्ति रहेको उनले सुनाए । थप भने,‘हामीले नागरिकको आवाजलाई सुनेनौँ, परिणामस्वरूप आज यो अवस्थामा आइपुगेका छौँ ।’

काँग्रेस भित्र एकताको खाँचो रहेको उल्लेख गर्दै कोइरालाले निर्णय प्रक्रियालाई पारदर्शी र सबैको ‘विन-विन’ हुने भावना विकास गर्नुपर्ने बताए ।