२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छनोट प्रतियोगितामा टप ३ टिम निश्चित भएसँगै विश्वकपमा कोटा पूरा 

अ+ अ-

काठमाडौँ । आउँदो वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकप खेल्ने सबै २० टीमको टुंगो लागेको छ । ओमानमा जारी पूर्वी एसिया प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा टप ३ टिम निश्चित भएसँगै विश्वकपमा कोटा पूरा भएको हो ।

आज भएको म्याचमा युएईले जापानलाई हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । नेपाल र ओमानपछि युएईले स्थान बनाएको हो ।

आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने विश्वकपमा आयोजकको रूपमा भारत र पाकिस्तानले स्थान बनाएका हुन् । सन् २०२४ मा भएको टी-२० विश्वकपमा शीर्ष-७ मा रहेका टोलीले पनि स्वतः स्थान बनाइसकेका छन् ।

जसमा दक्षिण अफ्रिका, अष्टेलिया, इग्ल्याण्ड, अफगानिस्तान, बंगलादेश, वेष्ट इन्डिज र अमेरिका छन् ।

आइसिसीको टी-२० को शीर्ष वरियतामा रहेका तीन देश पाकिस्तान, न्यूजिल्याण्ड र आयरल्याण्डले पनि विश्वकपको टिकट काटिसकेका छन् । बाँकी ८ टोलीले भने विभिन्न छनोट पार गरी विश्वकपमा स्थान पक्का गरेका हुन् ।

अमेरिका क्षेत्र छनोटबाट क्यानडा, युरोप क्षेत्र छनोटबाट इटाली र नेदरल्यान्डस्, अफ्रिका क्षेत्र छनोटबाट नामिबिया र जिम्बाब्बे विश्वकपमा पुग्दा एसिया-इस्ट एसिया प्यासिफिक क्षेत्र छनोटबाट नेपाल, ओमन र युएईले विश्वकपमा स्थान पक्का गरेका हुन् ।