काठमाडौँ। नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन आज पनि बस्दैछ ।
बुधबारदेखि शुरु भएको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठक बिहान ८ बजेदेखि शुरु हुदैछ ।
ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ ।
पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।







